प्रेमले ल्याए ‘चोली तिम्रो’

काठमाडौं । अमेरिका निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले ‘चोली तिम्रो’ बोलको गीत ल्याएका छन् । प्रेमभाव रहेको यस गीतमा गायक किरण भुजेल र गायिका प्राश्ना शाक्यको युगल स्वर रहेको छ । फणिन्द्र राईलेसंगीत संयोजन गरेको यस गीतको भिडियोमा सौरव तामाङ र उर्मिला योञ्जन तामाङबीचको प्रेम र रोमान्सलाई देखाइएको छ । पूर्वीनेपालमा छायांकन गरिएको भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । एसटिएम मुभिमा पोस्ट प्रडक्सन गरिएको यस भिडियोलाई ‘गोलो’ प्रडक्सनको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया