१६ खम्बु कि १० ‘राई !’ ?

निनाम कुलुङ ‘मंगले’

वल्लो किरातका कोइँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङलगायत १६ खम्बुका सन्तानहरूलाई ‘राय’ वा ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिइयो । स्मरण रहोस्, यस्तो पदवी र पगरी पनि खालखालका हुन्थे ।

‘राय’ वा ‘राई’ शब्दको प्रयोग वा उत्पत्ति हेर्दा सेन शासनकालभन्दा पर गएको देखिँदैन । हुन पनि सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’ सरहको ‘राय’ पद पाएका बुद्घिकर्ण ‘राय’ अहिले तेह्रथुम जिल्लामा पर्ने ‘छ–थर भेगका एक थरी लिम्बु (खेवा) हरूको वंश वा भनौं पूर्खा भएको प्रमाणित भएको छ । यसरी इतिहास हेर्दा असलियतमा ‘राई !’ कुनै जात वा जाति थिएन भन्ने प्रस्टैसँग देखिन्छ । नेपालको भगौलिक एकीकरणपछि पूर्वमा एकै रहेको किरात भूगोललाई समेत फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाइयो । साथै ती भूगोलका किरातीका सन्तान (सरदार !) हरूलाई स्थानीयस्तरका राजा वा शासक बनाउन विभिन्न पदवी र पगरीहरू सिर्जना गरियो । जस्तै वल्लो किरातका कोइँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङलगायत १६ खम्बुका सन्तानहरूलाई ‘राय’ वा ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिइयो । स्मरण रहोस्, यस्तो पदवी र पगरी पनि खालखालका हुन्थे ।

जस्तै ५ पगरी, ९ (यो पंक्तिकारले खोटाङ जिल्लाको तत्कालीन नेर्पा गाउँ पञ्चायतको विभिन्न गाउँ हेर्ने ‘९ पगरी’का मझौला ‘राई !’को कान्छो छोरो ललितपुर जिल्लाको मानभवन एरियामा भेटेको छ । यहाँ कान्छो छोरो नै किन भनिएको हो भने, जसरी राजा मरेपछि राजाको जेठो छोरो नै राजा हुन्थे/हुन्छन्, त्यसरी नै राई मरेपछि राईको जेठो छोरो नै राई हुन्थ्यो ।), पगरी १२, पगरी १६, …, …, पगरी हुँदै ५२ पगरीसम्मको ( ठूलो पदवी र पगरी) पाएको ‘राई’ वा त्यस्ता राईका जेठो छोरोहरू ब्रगेल्ती भेटिन्छ भने त्यस्तै ‘सुब्बा’ पनि सानो सुब्बा (बडा दसैँको महानवमीको दिन मौलोमा बोका मात्रै मार हान्न पाउने), अमाली सुब्बा (कानुन मात्रै हेर्ने, यस्तो ‘सुब्बा’को छोरो पूर्व प्रमुख जिल्ला अधिकारी मञ्जुल कुमार याक्थुङ्बा हुनुहुन्छ ।)

सुब्बा र, ठूलो सुब्बा अर्थात् मौजे सुब्बा मौलोमा राँगा मार हान्न पाउने सुब्बा थिए । ‘मुखिया’को त कुरै नगरौं । किनभने, पछिल्लो समयमा जुनसुकै जात वा जातिका मानिसहरू पनि ‘मुखिया’ भएका थिए । त्यसरी जुनसुकै जात वा जातिका मानिसहरू ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । थप पुस्टिका लागि हेर्नुहोस्, लेखक हरि रोकाले ०६० मा हिमाल खबरपत्रिकामा लेखेको एक अनुभूतिजन्य लेख । सो लेखमा हरि रोकाले आप्mनो ‘मुखिया’ बाका बारेमा लेखेका छन् ।

खासमा किरातीहरूको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, जिपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरूले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किरातीहरूले शासन चलाइआएका थिए । हालको भारत र नेपालका भू–भागहरूमा नै पनि किरातहरूको अनेक संंप्रभु सम्पन्न राष्ट्रहरू अस्तित्वमा थिए भन्ने गरिन्छ ।

तर, आजभोलि भने, किराती महाजातिभित्रका खम्बुका सन्तानहरू धेरै जसो नेपालका अन्य जात वा जातिहरूमाझ ‘राई !’ भनी चिनिन थालेका छन्, जुन कुरो माथि नै पनि उल्लेख भएको छ । लाग्छ अब उनीहरू सबै ! आप्mनो असली जातीय स्वपचिान बुझेरभन्दा पनि भीडको राजनीति गर्न (संख्या देखाएर राजनीतिक फाइदा लिन÷दिन) आपूmहरू ‘राई !’ भएका छन्, अरुलाई पनि ‘राई !’ नै बन्न बलजप्mती गरी रहेका छन् । उदाहरणका लागि २०६८ सालको राष्ट्रिय जनगणनामा अलग्गै जातिका रूपमा आएका कुलुङ जातिलाई पनि कथित् ‘राई !’ जातिमा गाभ्ने असफल प्रयास गर्ने जारी छ । तर, जो ‘राई !’ विगतमा जात वा जाति नभएर पदवी वा पगरी नै भएको भए तापनि अबका दिनमा हामी त्यही ‘राई !’ पदवी वा पगरीलाई जात वा जाति मान्छौँ, अरूलाई जबरजस्ती ‘राई !’ नै बन भन्दैनौँ !, उनीहरू पनि ‘राई !’ नै हो, किनभने उनीहरूको तीनपुस्ते, जग्गा–धनी प्रमाणपूर्जा, नागरिकता, स्कूल÷कलेज पढेको सर्टिफिकेट, पेन्सन–पट्टा, विद्यार्थी परिचयपत्र, विदेश जाँदा चाहिने पासपोर्ट आदिमा समेत ‘राई !’ छ नभन्नू भन्ने हो ।

भन्न त कसै–सैले ‘१० राई १० चुलो’ पनि भन्ने गरेका छन् । तर, ‘१० राई १० चुलो’लाई मान्ने नै हो भने पनि ‘भूमि सुधार ऐन–२०२१’ गाउँगाउँ, टोलटोलमा लागू हुनुअघि ‘रैती वा ढाक्रे’हरू (अहिलेको भाषामा भन्नुपर्दा जनता) ले आप्mनो नामको पछाडि ‘राई !’ लेख्दा वा भन्दा असली ‘राई !’ ले किन ठिँगुरोमा हाल्थे ? किन जरिवाना गर्थे ? यसको मतलब के थियो भने असली ‘राई !’ ले केन्द्र सरकारसँग ‘वार्षिक रूपमा यत्तिसम्म (रकम तोकेर) जिमी–भूमि कर, ठेकी–बेठी, बेठ–बेगार, सिर्ताे, आदिको कर तिर्न सक्छु सरकार !’ भनेर निवेदन वा चिठी लेखेर मात्रै राई, सुब्बा, मुखिया, देवान, चौधराई, पटवारी, गोवा आदि पदहरू पाइन्थ्यो । फलतः पछि गएर किरातहरूको क्षेत्रमा गैरकिरातहरू पनि सुब्बा, राई, देवान, मुखिया (विशेषतः मुखिया) हुन थाले । यसको ज्वलन्त उदाहरण भनेको सोलुखुम्बु जिल्लाको सोताङ गाउँ पञ्चायतमा शिवबहादुर र दीपबहादुर बस्नेत (दाजुभाइ) हरू राई÷मुखिया भएका थिए । स्मरणीय छ, शिवबहादुर र दीपबहादुर बस्नेत (दाजुभाइ) हरू ०३३÷०३४÷०३५ सालतिर राई÷मुखिया भएका थिए । उनीहरू हाल सुनसरी जिल्लामा बसाइँ सरेर गएका छन् ।

यसरी पद वा पदवीको अरू उदाहरण दिनुपर्दा हाल ‘प्रधानमन्त्री’ केपी शर्मा ओली वा ‘उपप्रधानमन्त्री ईश्वर पोखरेल अथवा ‘कानुनमन्त्री’ डा.शिवमाया तुम्बाहाङफे आदिलाई पनि लिन सकिन्छ । जसरी केपी शर्मा ओलीको नामको अगाडि नै ‘प्रधानमन्त्री’, ईश्वर पोखरेलको नामको अगाडि नै ‘उपप्रधानमन्त्री’ र शिवमाया तुम्बाहाङफेको नामको अगाडि नै ‘कानुनमन्त्री’ भनी पद जोडिन्छ, त्यसरी नै राई, सुब्बा, मुखिया, देवान, पटवारी, चौधरी÷चौधराई आदि पद पाउने व्यक्तिहरूको पनि नामको अगाडि नै पद जोडेर लेख्ने गरिन्थ्यो । फेरि बढीमा सेन वा शाह–राणाहरूको शासनकालदेखि मात्रै नेपालमा स्थानीयस्तरका केही सीमित व्यक्ति (मुख्खेली) हरूले मात्रै आप्mनो नामको अघि नै (हाल प्रधानमन्त्री केपी शर्मा ओली वा भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ भने जस्तै) ‘राय’ भुपालसिंह ‘ज्यमी’ भनी लेख्थे । साथै यो ‘राय’÷‘राई !’ शब्द पञ्चायती व्यवस्थामा मात्रै रैती दुनियाँ ! (सर्वसाधारण जनता) ले आप्mनो नामको पछाडि लेख्न पाएका थिए, त्यो पनि भूमिसुधार ऐन–२०२१ गाउँगाउँ, टोलटोलमा व्यापक रूपमा लागू भएपछि । हुन त यो देशमा ‘राई !’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान÷देवान, डिठ्ठा, हुक्के, बडागुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार÷बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरू पनि प्रशस्तै थिए ।

तर, ‘राई !’ पदवी वा पगरी बाहेक अन्य पदवी वा पगरी पाएका ती मानिसका सन्तान दरसन्तानहरूले चाहिँ किन आप्mनो जात वा जाति उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, हुक्के, बडागुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार÷बहिदार, तोहले आदि हो भनी लेखेनन् ?

त्यस्तै ‘सबै जातको पूmलबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखेअनुसार ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरूलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’ हरू नै खुसी …. ।’ त्यस्तै चाल्र्स म्याकडग्लसले लेखेको ‘द कुलङे राई’ नामक किताबमा पनि ठाउँठाउँमा ‘… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर÷वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर÷ओवनर…’, इन दोज डेज राई मेन्ट÷मिन्ट चिफ एन्ड वाज नट डायग्नाभनी स्टिक अफ ग्रुप मेम्बरशीप …, लेखिएको छ । साथै सन् २००७ को ‘विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रश्नोत्तर–उत्तर सुरु भएपछि यो पंक्तिकारले ‘वास्तवमा राई जात होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरूको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ !’ भन्दा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राईले ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनुभयो, किनभने मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन लागू भएपछि जग्गा–जमीन रैती÷ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली ‘राई !’ बाबुले म पो ‘राई !’ यी मेरा रैती÷ढाक्रेहरू कसरी ‘राई !’ भनी बबाल गरेका थिए अरे !

प्रतिक्रिया