६४ हजार आवेदकलाई एनआईबीएल समृद्धि फन्ड

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहनेगरी एनआईबीएल म्युचुअल फन्डअन्तर्गतको ‘एनआईबीएल समृद्धि फन्ड–२’ ६४ हजार आवेदकलाई प्रदान गरिएको छ । सर्वसाधारण आवेदकबाट कुल ६७ हजार २०७६ आवेदन फाराममार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९ सय ९० इकाइका लागि आवेदन प्राप्त भएकोमा ६४ हजार ५१४ आवेदन फाराममार्फत जम्मा १४ करोड ५२ लाख ९५ हजार ४ सय इकाइका लागि रीतपूर्वक आवेदन प्राप्त भएकोे र कुल २ हजार ५ सय ६२ आवेदन फाराममार्फत जम्मा १ करोड १० लाख ८ हजार ५ सय ९०, इकाइका लागि रीतपूर्वक आवेदन प्राप्त नभएकाले रद्ध गरिएको र रीतपूर्वक आवेदन प्राप्त भएकोे मध्येबाट कुल ३३ आवेदनमार्फत जम्मा १६ हजार ६ सय ३० इकाइका लागि प्राप्त आवेदन दोहोरो परेकाले अयोग्य ठहरिएको उल्लेख गरिएको छ ।

योजनाको कुल आकार १ अर्ब ५० करोडको जम्मा २० प्रतिशत बिज पुँजीका रूपमा लगानी गर्नुपर्ने रकम ३० करोड रकममध्ये २९ करोड रकमबराबरको २ करोड ९० लाख इकाइ कोष प्रवद्र्धक नेपाल इनभेस्टमेन्ट बैंक लिमिटेड, १ करोड रकमबराबरको १० लाख इकाइ योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणलाई बाँडफाँट गर्नुपर्ने जम्मा १२ करोड इकाइ ६४ हजार ४ सय ८१ जना सर्वसाधारणलाई गरी कुल ६४ हजार ४ सय ८३ जना आवेदकलाई जम्मा १५ करोड इकाई संलग्न भएको बताइएको छ ।

प्रतिक्रिया