विराट र बाबरमा उत्कृष्टताको होड !

मुम्बई । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वर्तमान समयका एक उत्कृष्ट ब्याट्सम्यान हुन् । उनको चर्चा परिचर्चा समय समयमा हुने गर्दछ । विराट, अष्ट्रेलिया ब्याट्सम्यान स्टिभ स्मिथ, न्युजिल्यान्डका कप्तान केन विलियम्सन र इंग्ल्यान्डका कप्तान जो रुटलाई विश्व क्रिकेटका शीर्ष चार खेलाडी भन्ने गरिन्छ । यी चार खेलाडीबीच को उत्कृष्ट भन्ने समय समयमा बहस चल्ने गर्दछ । पछिल्लो समय पाकिस्तानका कप्तान बाबर आजमको चर्चा निकै बढी छ । गत मंगलबार बाबरले विराट कोहलीको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियतामा ४१ महिनादेखि राज अन्त्य गर्दै बाबर शीर्ष स्थानमा उक्लिएपछि यी दुई ब्याट्सम्यानमा को उत्कृष्ट भन्ने बहस पुन चल्न थालेको छ ।

संयोगनै मान्नुपर्छ त्यसैदिन बाबरले दक्षिण अफ्रिकाविरुद्ध टि२० आई खेलमा १ सय २२ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै टोलीलाई ९ विकेटको सानदार जित दिलाए । विराट टि२० आईमा हालसम्म शतक विहिन छन् । वरियता कुनैपनि खेलाडीको स्तर मापन गर्ने सहि आधार मान्न सकिन्न । वरियता नखेलेपनि बढ्ने र घट्ने गर्दछ । तर शीर्षस्थानमा पुग्न भने विश्व क्रिकेटमा सर्वोत्कृष्टनै प्रदर्शन गर्नुपर्छ । यसमा भने कुनै शंका छैन । बाबरले अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानबाट जिम्बावेरुद्ध २०१५ मा ओडिआईमा डेब्यू गरेका थिए ।

विराट कोहलीले २००८ मा श्रीलंकाविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । विराटले डेब्यू गरेको ७ वर्षपछि बाबरले गरेका थिए । विराट डेब्यू खेलको ९ वर्षपछि पहिलो पटक ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएका थिए । बाबर ६ वषमै ओडिआई वरियताको शीर्ष स्थानमा पुगेका थिए । बाबर टि२० आई खेलेको तीन वर्षमै २०१९ मा शीर्षस्थानमा थिए । वर्तमान समयमा आइसिसी वरियतामा तीनै शैलीमा शीर्ष १० भित्र पर्ने यी दुई ब्याट्सम्यान मात्र हुन् । टेष्टमा विराट, ओडिआई र टि२० आईमा बाबर अघि छन् । आइसिसीको वरियता अनुसार टेष्टमा विराट पाँचौं र बाबर छैटौं स्थानमा छन् ।

बाबर टि२० आईमा तेस्रो स्थानमा रहँदा कोहली पाँचौं स्थानमा छन् । ओडिआईमा बाबर शीर्ष र विराट दोस्रो स्थानमा छन् । ओडिआई र टि२० आई तथ्याङ्कमा भने विराट भन्दा बाबर अघि देखिन्छन् । समान ७८ ओडिआई खेलमा ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएका छन् भने उक्त समय विराट तेस्रो स्थानमा थिए । बाबरले ३ हजार ८ सय ८ रन बनाउँदा कोहलीले ३ हजार १ सय रन मात्र बनाएका थिए । अर्थात बाबर भन्दा ७ सय ८ रनले पछि छन् । औसत र स्ट्राइक रेटमा पनि विराट भन्दा बाबर अघि रहे ।

बाबरको औसत ५६.८३ को औसतमा रन जोड्दा विराटले ४५.५८ को औसतमा बनाएका थिए । विराटको ८३.२६ रहँदा बाबरको स्ट्राइक रेट ८८. ७० थियो । बाबरले १३ शतक प्रहार गर्दा विराटले ८ शतक मात्र प्रहार गरेका थिए । अर्धशतकमा भने बाबर भन्दा विराट अघि थिए । विराटले २० र बाबरले १७ अर्धशतक प्रहार गरेका थिए । उत्कृष्ट प्रदर्शन बाबरको १ सय २५ अविजित रहँदा विराटको १ सय १८ रन थियो ।

प्रतिक्रिया