मन्त्री मनाङ्गेले मागे सागको खर्च विवरण

पोखरा । नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) गरेको झन्डै डेढ वर्ष बितिसकेको छ । १३ औं साग २०७६ मंसिर १५ देखि २४ गते सम्म पोखरामा ७ जनकपुरमा १ र बाँकी खेल काठमाडौं उपत्यकामा आयोजना भएको थियो । साग आयोजनाले केहि नयाँ पूर्वाधार र अधिकांश भौतिक पूर्वाधारको मर्मत गरिएको थियो । १३ औँ साग सम्पन्न गर्नका लागि पोखरामा ७ करोड ६२ लाख ९८ हजार २ सय २४ रुपैँया खर्च भएको थियो । तर पोखरामा भएको सबै खर्चको भुक्तानी भने अहिले सम्म भएको छैन । अझैँपनि करिब २ करोड रुपैँया आउन बाँकी छ । सागका लागि पूर्वाधार रनिर्माण पूरा भइसक्दा र अन्य खर्चको व्यवसायी तथा ठेकेदारहरुले अझैँ रकम पाउन सकेका छैनन् ।

क्षेत्रीय खेलकुद विकास समितिले खर्च विवरण नदिइरहँदा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङका नामले पचिरित राजिव गुरुङले सम्पुर्ण विवरण पेश गर्न आग्रह गरेका छन् । पोखरा रंगशालामा बिहीबार गण्डकी प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवनको सिलान्यास पश्चात अवलोकन गर्दै मन्त्री गुरुङले सागको सम्पुर्ण खर्च विवरण मागेका हुन् । ‘राज्यले बनाउने संरचनामा व्यक्तिगत लगानी भएकोे देखियो, राज्यले गर्नुपर्ने यो कसरी यस्तो आयो ? खेलकुदमा त यस्तो भ्रष्टचार भएको रहेछ सबैको मिलेमतो देखियो ’ उनले भने, रंगशाला भित्र छिरेर हेरेको विचौलियाको हावि रहेछ । सरकारले रकम सबै दियो भन्छ यहाँ आइपुगेको छैन । धेरै ठेकेदारले अहिलेसम्म पनि रकम नपाएका रहेछन् सबैलाई कागज लिएर मन्त्रालय आउन आग्रह गर्दछु । आफु मन्त्री हुनु अघि जेजे भएपनि मन्त्री भएर आइसकेपछि त्यसो हुन दिने छैन । निर्धक्क भएर आउनुहोस रकम निकासा गराउने जिम्मा मेरो हुनेछ ।’

मन्त्री गुरुङले बिहीबार व्याडमिन्टन हलको चाबी माग्दा समितिसंग छैन भनेपछि उनी क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रति कडा रुपमा प्रस्तुत हुँदै सागको सम्पुर्ण खर्चविवरण माग गरेका हुन । ५१ स्वर्ण पदकसहित २ सय ७ सय पदकका साथ नेपाल १३ औँ सागमा पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो । ३७ वर्षे लामो इतिहास भएका सागको १३ औं अघि नेपालले पहिलो र आठौं संस्करण आयोजना गरेको थियो । यसअघि दुवै पटक साग काठमाडौं उपत्यकामा मात्र आयोजना भएको थियो ।

पोखरामा विभिन्न पूर्वाधार निमार्णमा रकम समेत कटौती गरिएको थियो । रंगशाला भित्रै ९० लाखमा बन्न लागेको फुटबलको अभ्यास मैदानको रकम कटौती गर्दै माटोको लेभल नपु¥याइ ३५ लाखमा मैदान निर्माण गरिएको थियो । अहिले मैदानमा गेगडमात्रै देखिन्छ । खर्च गरेरपनि मैदान भने स्तरीय हुन सकेको छैन् । मन्त्री गुरुङले रंगशालाका काम गर्दा रकम नपाउनेलाई मन्त्रालयमा सम्पर्क गर्न अपिल गरिरहँदा विना टेन्डर नै खेलकुद परिषद् भवनको सिलान्यास भएको छ ।

राखेपका सदस्य राजेश गुरुङले यस अघि बारम्बार पोखरामा आउनुपर्ने रकम बाँकी रहँदा समेत खेल पदाधिकारीहरुले समन्वय गरिरहेको बताएका थिए । उता पश्चिमाञ्चल खेलकुद विकास समितिले पनि केहि समय कुर्न भनेपछि आउन बाँकी रकमको सुचि समेत दिन मानेको थिएन । खेलकुद मन्त्रीले सम्पुर्ण खर्च विवरण माग गर्दा समितिमा रहेका पदाधिकारीको भने टाउको दुखाइको विषय बनेको छ । पोखराका विभिन्न खेलसंघहरुले भौतिक पूर्वाधार निर्माण, मर्मत तथा खेलसामग्री खरिद गर्दाको रकम पाएका छैनन् । जसमध्ये कास्की जिल्ला क्रिकेट संघ, व्याडमिन्टन संघ लगायत संघ र केहि समिति छन् ।

प्रतिक्रिया