धनगढीमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३८ पुगेको छ । दोस्रो लहरको कोरोना भाइरस फैलिएसँगै पछिल्लो २२ दिनको अवधिमा सो संख्याका सक्रिय संक्रमित पुगेका हुन् । धनगढी उपमहानगरपालिकाकामा ३ सय ८७ महिला र ६ सय ५१ पुरुष कोरोनाका सक्रिय संक्रमित रहेको धनगढी उपहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

समुदायमा कोरोना फैलिएसँगै उपमहानगरपालिकाका १९ वटै वडामा संक्रमित रहेका छन् । सबैभन्दा बढी वडा–५ मा ८७ महिला १ सय ५९ पुरुष गरी २ सय ४६ जना र सवैभन्दा कम वडा–९ र वडा–१९ मा एक÷एक जना पुरुष कोरोना संक्रमित रहेको उनले जानकारी दिए । वडा–१ मा ६० महिला १ सय १० पुरुष गरी १ सय ७० जना, वडा–२ मा ६२ महिला, ९४ पुरुष गरी १ सय ५६ जना, वडा–३ मा ५८ महिला ८० पुरुष गरी १ सय ३८ जना, वडा–४ मा ५१ महिला ९० पुरुष गरी १ सय ४१ जना, वडा–६ मा ८ महिला १६ पुरुष गरी २४ जना, वडा– ७ मा ११ महिला २४ पुरुष गरी ३५ जना, वडा–८ मा २९ महिला ३६ पुरुष ६५ जना, वडा–१० मा तीन महिला एक पुरुष गरी ४ जना, वडा–११ मा तीन महिला दुई पुरुष गरी पाँच जना संक्रमित रहेको उपमहानगरपालिको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी वडा–१२ मा चार महिला सात पुरुष गरी ११ जना, वडा–१३ मा तीन महिला नौ पुरुष गरी १२ जना, वडा–१४ मा दुई महिला सात पुरुष गरी नौ जना, वडा–१५ मा दुई पुरुष, वडा–१६ मा एक महिला दुई पुरुष गरी तीन जना, वडा–१७ मा चार पुरुष र वडा–१८ मा पाँच महिला पाँच पुरुष गरी १० जना संक्रमित रहेको जनाइएको छ । दोस्रो लहरको कोरोनाबाट उपमहानगरपालिकाका १४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१ पुगेको उपाध्यायले बताए ।

उपमहानगरपालिकाले कन्ट्रयाक्ट टे«सिङमा परेका कोरोनाको लक्षण देखापरेका नागरिकहरूको निःशुल्क स्वाब संकलन गर्दै आएकोमा पछिल्लो २२ दिनमा ३ हजार ५ सय जनाको स्वाब संकलन गरिएको उनले बताए । संकलन गरिएका स्वाबहरू परीक्षणका लागि प्रदेश स्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको उनको भनाइ छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरूले सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको बताउँदै उनले होम आइसोलेसनमा बसेका संक्रमित व्यक्तिहरूले मोबाइल बन्द नगर्नसमेत आग्रह गरे ।

प्रतिक्रिया