रिजालको ‘कर्मा’ सार्वजनिक

काठमाडौं । डा. कपिल रिजालले छोटो चलचित्र ‘कर्मा’ युट्युबमार्फत सार्वजनिक भएको छ । अंग्रेजी भाषामा तयार पारिएको उक्त चलचित्रमा कर्म जस्तो गर्यो, फल पनि त्यस्तै मिल्ने विषयलाई उठान गरिएको छ । चलचित्र निर्माता तथा गीतकार डा. भोला रिजालका छोरा कपिल पेशाले दन्त चिकित्सक हुन् । उनले बेला बेलामा चलचित्र निर्देशन गर्दै आएका छन् । यसैबीच उनले अंग्रेजी भाषामा तयार पारिएको ‘कर्माः लाइफ इज ए बुम¥;याङ, यु गेट ह्वाट यु गिभ’ ल्याएका हुन् ।

केआर प्रडक्सन लण्डनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको निर्माण पक्षले जनाएको छ । लण्डनमा बस्दै आएका कपिलले यस चलचित्रमार्फत राम्रो काम फल राम्रो र नराम्रो कामको फल नराम्रै मिल्ने विषयलाई उतार्न खोजेको बताए । चलचित्रमा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला, सपनकुमार राई, डेली एलन, जेनामासे, ज्याकमासे, कारलाई बिक र निशान पुनको अभिनय छ । लण्डनमा छायांकन गरिएको यो चलचित्रकोे पोस्ट प्रोडक्सन भने नेपालमा गरिएको हो । सस्पेन्स थ्रिलर कथामा निर्माण भएको चलचित्रमा निर्देशक रिजालकै पटकथा छ ।

चलचित्रमा कथा बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअनभ्यान टिम्परली, छायांकन फास्टस टक्ला र सम्पादन दिपेश केपीको रहेको छ । ११ मिनेट २२ सेकेण्डको यो चलचित्रका कार्यकारी निर्माता सपनकुमार राई, मिनो ओज, डेलीएलन र सुमन श्रेष्ठ रहेका छन् । रिजालले यसअघि कोरोना संक्रमणको विषयमा केन्द्रित रहेर छोटो चलचत्रि ‘गिल्ट’ बनाएका थिए ।

प्रतिक्रिया