एनआईसी एशियाको २ ग्राहकलाई २० लाख बीमा भुक्तानी

काठमाडौ । एनआईसी एशिया बैंकले चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध २० लाख रुपौयको बिमा रकम जनही १० लाखका दरले दुई जना ग्राहकलाई भुक्तानी गरेको छ । सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिले बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकी थिइन । सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप उनकी पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत निज खातावालाले उक्त रकम प्राप्त गरेकी हुन ।

साथै, सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षिया बिन बहादुर वर्मालाई घातक रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो । बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैया दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैया, अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार रुपैया सँगै विभिन्न निःशुल्क सुविधा ग्राहकले पाउन सक्ने व्यवस्था रहेको थियो ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४ सय ४५ जना भन्दा बढी ग्राहकले बीमा वापतको २ करोड ९० लाख रुपैया भन्दा बढी रकम प्राप्त गरिसकेका छन । यस किसिमका बीमा सहितको बचत योजनाबाट सर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन मिलेको बैंकद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया