शैलेन्द्रको ‘घुम्न जाऊँ न’

काठमाडौं । गायक शैलेन्द्र मुडभरीको आवाज रहेको ‘घुम्न जाऊँ न’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । राम सिटौलाको शब्द तथा संगीत रहेको गीतमा विश्व अधिकारीले संगीत संयोजन गरेका छन् । सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रियुका सरोज अधिकारी, आश्मा विश्वकर्मा पेम्बा मगर, सन्देश थापा र विजय अधिकारी लगायतका कलाकारको अभिनय छ । भिडियो निर्देशन सरोजले नै गरेका छन् । भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईं छायाकन तथा सरोजकै सम्पादन रहेको छ ।

प्रतिक्रिया