‘पिरतीको लुडो’ सार्वजनिक

काठमाडौं । अभिनेत्री सुजता सिटौलाद्वारा निर्मित ‘पिरतीको लुडो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल प्रालिमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेत्री तेजुला खतिवडा, यसराज गरच लगायतका कलाकारको अभिनय छ ।

गायिका शिला विष्ट ‘अलि’ र गायक बिपिन घिमिरेकोस्वर रहेको ‘पिरतीको लुडो’ गीतमा लक्ष्मी पौडेलको शब्द तथा राजन इसानको एरेन्ज रहेको छ । गीतको भिडियोमा नरेशवीर सिंहको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन तथा लुजा सिंहको छायांकन एवं निर्देशन रहेको छ ।

प्रतिक्रिया