ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।

घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग १ त ४५८२ नंको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए । घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उनको भनाइ छ ।

घटनाको जानकारी पाएलगत्तै गएको प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया