सहकारी क्षेत्रका समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम

वीरगञ्ज । सहकारी क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायबारे छलफल गर्न आयोजित ‘सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम’ आज शुक्रबारवीरगञ्जस्थित गृह लक्ष्मी साकोसको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजना को–अपरेटिभ म्यानेजर्स क्लब, पर्साले गरेको हो । कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कृन) का अध्यक्ष तथा प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले गरेका थिए ।

कार्यक्रमको अध्यक्षता क्लबका सभापति रवि भुषण श्रीवास्तवले गरेका थिए । विशिष्ट अतिथिका रूपमा क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल तथा निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया उपस्थित थिए । कार्यक्रम सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गरेका थिए ।

कार्यक्रममा क्लबका सञ्चालक समिति र विभिन्न संघसंस्था बाट ४० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । छलफलमा सहकारी क्षेत्रको वर्तमान समस्याहरू, नीति निर्माण, पारदर्शिता, र व्यवस्थापन सुधारका उपायहरूबारे गम्भीर बहस भएको जनाइएको छ ।

प्रतिक्रिया