नवनियुक्त गभर्नर पौडेलविरुद्ध योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उनको गर्भनर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै सर्वोच्चमा आज शुक्रबार रिट निवेदन पेस भएको हो ।

अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था विपरित राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा गर्भनर नियुक्त गरिएको भन्दै रिट पेस गरेको सर्वोच्चले जनाएको छ ।

उक्त रिट निवेदन अध्ययनको क्रममा रहेकाले दर्ताको प्रक्रियामा रहेको सर्वोच्चका प्रवक्ता समेत रहेका सहरजिष्ट्रार अच्युत कुइकेलले बताए ।

उनका अनुसार नेपाल राष्ट्र बैंकको गर्भनर हुनका लागि योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो ।

प्रतिक्रिया