यती एयरलाइन्सको ‘यति मिठो अफर’

काठमाडौं । यती एअरलाइन्सको मोबाइल एप्सलाई प्रभावकारी बनाउने उद्देश्यले एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई ‘फुडमाण्डु’मा सहुलियत दिने भएको छ । एअरलाइन्सले आफ्नो एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई चर्चित अनलाइन फुड डेलीभरी सर्भिस फुडमाण्डु मार्फत् खाना अर्डर गर्दा १५ प्रतिशत वा ५ सय रुपैया सम्मको सहुलियत दिने व्यवस्था गरेको हो ।

एअरलाइन्सको एप्स डाउनलोड गरी रजिष्ट्रर गरेपछि एउटा युनिक कोड प्राप्त गर्न सकिने र फुडमाण्डुमा खानेकुरा अर्डर गर्दा कोड प्रयोग गरी ५ सय रुपैया सम्म सहुलियत पाइने एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यो सहुलियत प्राप्त गर्नका लागि कोड प्राप्त भएको १० दिनभित्र खानेकुरा अर्डर गरिसक्नुपर्नेछ । ‘यति मिठो अफर’ हालको लागि ३ महिनासम्म रहने उनले जनाएका छन् । यती एअरलाइन्सको एप्स डाउनलोड गरी यात्रुले टिकट खरिद गर्दा हवाई भाडामा आकर्षक छुट समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया