अभिनेत्री कटरीनालाई कोरोना संक्रमण

मुम्बई । अभिनेत्री कटरीना कैफलाई कोरोना संक्रमण भएको छ । पछिल्लो दिनमा महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला यो संक्रमणले बलिउडका कलाकारलाई पनि छोडेको छैन । अक्षय कुमार, विक्की कौशल र भूमि पेडनेकरपछि कटरीना कोरोना संक्रमणको चपेटामा परेकी हुन् ।

कटरीनाले मंगलबार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् । ‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । आफूलाई आइसोलेट गरेकी छु र घरमै क्वारेन्टाइनमा छु । डाक्टरको सल्लाह अनुसार प्रोटोकल पालना गरिरहेकी छु । मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु ।’ उनले लेखेकी छन् ।

प्रतिक्रिया