आर्थिक बृद्धि २.७ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर २ दशलमव ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट बुधबार सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो । त्यस्तै अर्को वर्ष ३ दशमलव ९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण पनि उसले गरेको छ । खासगरी कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन २०२३ सम्म ५ दशलमव १ प्रतिशतले आर्थिक वृद्धि हासिल हुने विश्व बैंकले जनाएको छ । यसअघि विश्व बैंकले गत जनवरीमा २ दशलमव १ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो । त्यसअघि सन २०२० को अक्टोबरमा मा पनि बैंकले १ दशलमव ४ प्रतिशत नै आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो ।

त्यसोत यो भन्दा अघि अघिल्लो आर्थिक बक्र्षको आर्थिक वृद्धिदर १ दशलमव ९९ प्रतिशतले ऋणात्मक रहेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको थियो । छ । कोभिड–१९ महामारीले पर्यटन क्षेत्र तथा औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा गत बर्षको आर्थिक वृद्धिदर ऋणात्मक भएको धारणा विभागले सार्वजनिक गरेको हो । बिभागको राष्ट्रिय लेखा तथ्यांकले सो कुरा देखाइएको छ । यो संगै चालु आर्थिक वर्षको पहिलो त्रैमासीक अवधिमा पनि आर्थिक वृद्धिदर ४ दशलमव ६ प्रतिशतले ऋणात्मक रहेको पनि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

२०७२/७३ मा भूकम्पपछि नेपालको व्यापारमा भारतबाट अवरोध हुँदा आर्थिक वृद्धिदर शुन्य दशमलब २ प्रतिशत रहेको थियो । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषका १ सय ९० सदस्य मुलुकमध्ये नेपाल सहित २३ देशले महामारीका बाबजुद पनि धनात्मक आर्थिक वृद्धिदर कायम गर्ने अनुमान गरेपनि केन्द्रीय तथ्यांक विभागको संशोधित अनुमानले नेपाली अर्थतन्त्र पनि महामारीका कारण ऋणात्मक आर्थिक वृद्धिदर हुने मुलुकहरूको सूचीमा परेको हो । सरकारले भने चालु आबको बजेटमा ७ प्रतिशतको आर्थिक बृद्धि हुने अपेक्षा गरेपनि २८ माघमा गरिएको बजेटको मध्यावधि समक्षिमा आर्थिक बृद्धि ७ प्रतिशत नहुने बताएको थियो । तर कतिले हासिल गर्न सकिन्छ भन्नेमा भने अर्धवार्षिक समिक्षामा उल्लेख नगरेको अवस्थामा विश्व बैकले त्यस्तो प्रक्षेपण गरेको हो ।

सन २०२० को अर्थतन्त्रको तस्बिर त्यति राम्रो नभएको अवस्थामा अनौपचारिक क्षेत्रमा दशौं लाख कामदारले रोजगारी गुमाएका थिए भने तिनीहरू अझै रोजगारीमा फर्किनका लागि संघर्षरत रहेको पनि प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी कोभिड–१९ को महामारीपछि दक्षिण एसियाको अर्थतन्त्र पुनरुत्थान हुँदै गरेको तर त्यसको जग कमजोर रहेको उल्लेख गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर सन २०२१ मा ७ दशलमव २ प्रतिशत र सन २०२२ मा ४ दशलमव ४ प्रतिशत रहने प्रक्षेपण बैंकको छ ।

आय असमानता अझै बढेको र मानव पुँजीमा पनि क्षति पुगेको विश्व बैंकले प्रकाशन गरेको साउथ एसिया फोकसमा उल्लेख छ । दक्षिण एसियामा विद्युत् खपत वृद्धिले आर्थिक वृद्धिदर पुनरुत्थान हुँदै गरेको संकेत गरेको छ । भारतले दक्षिण एसियाली अर्थतन्त्रको ठूलो हिस्सा ओगट्छ भने दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१÷२२ मा १० प्रतिशतले बढ्ने अनुमान छ ।

प्रतिक्रिया