सामसङको ग्यालेक्सी एम १२ बजारमा

काठमाडौं । सामसङ नेपालले एट एनएम एक्सीनोस् प्रोसेसर र ९० हर्ज रिफ्रेस रेट भएको ग्यालेक्सी एम१२ स्मार्टफोन बजारमा ल्याएको छ । यो स्मार्टफोनमा टु ४८ मेगापिक्सेल क्वाड क्यामेरा सहित ६ हजार एमएएच ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

स्मार्टफोनमा ब्याट्रीको आयु बढाउन एट एनएम प्रोसेसर छ । यो स्मार्टफोनलाई ‘मोन्सटर लोडेड’को संज्ञा दिएको सामसङले सन २०२० मा ग्यालेक्सी एम ११ र एम २१ रुचाइएको पछि एम १२ सार्वजनिक गरेको हो । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ मूल्यमा, नवीनतम उत्पादन प्रदान गर्ने प्रतिबद्धता अनुरुप एम सिरिजअन्तर्गत नयाँ उत्पादन प्रस्तुत गरेको सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणयरत्न स्थापितले बताएका छन ।

ग्यालेक्सी एम १२ मा रहेको प्रोसेसरले विभिन्न ब्राउजिङ वा मल्टी टास्किङमा पनि कम ब्याट्री खपत गर्ने सामसङले जनाएको छ । स्मार्टफोनको बक्समा १५ वाटको फास्ट चार्जर राखिएको छ । फास्ट चार्जिङ प्रविधिले ब्याट्रीको आयुसँगै पावर इफिसिएन्ट पनि बनाएको सामसङले जनाएको छ । स्मार्टफोनमा ६.५ इन्चको एचडी इन्फिनिटी भी डिस्प्ले उपलब्ध रहेको छ । २०ः९ अनुपातको साथ डल्बी एटमोस सपोर्टको साथ हेडसेटलाई ब्लु टुथ वायर प्रयोग गर्न सकिने सुविधाले उत्कृष्ट अडियो तथा सिनेम्याटिक भ्यूइङ अनुभव प्रदान गर्ने सामसङले जनाएको छ ।

स्मार्टफोनमा आइएसओ सेल जीएमटु सेन्सर रहेकाले उत्कृष्ट गुणस्तरमा फोटो खिच्न सकिने बताएको छ । स्मार्टफोनमा ५ मेगापिक्सेलको माइक्रो लेन्सले क्लोज अप सट र दुई मेगापिक्सेलको डेफ्त क्यामेराले राम्रो पोट्रेटसँगै बुके इफेक्ट खिच्न सघाउने सामसङले जनाएको छ । यो स्मार्टफोनको मूल्य ४ जीबी ¥याम,६४ जीबी स्टोरेजको १८ हजार ४ सय ९९ रुपैयाँ र ६ जीबी ¥याम, १२८ जीबी स्टोरेजको २२ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया