हरित कृषि थोक बजार सञ्चालनमा

काठमाडौ । देशकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो । जिल्लाको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा बजार खुलेको हो । २०७५ सालको फागुनदेखि निर्माणको तयारी सुरु गरिएको थियो । निर्माण सुरु भएको दुई वर्षपछि बजार सञ्चालनमा ल्याइएको हो । अरनिको राजमार्ग अन्र्तगत आदर्श वस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको यो बजार रहेको छ ।

कृषि बजार आधृनिक रुपमा बनाइएको छ । त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्धार र बाहिर निस्कनका लागि छुटाछुटै दुई वटा प्रवेशद्धारको व्यवस्था गरिएको छ । एउटा प्रवेशद्धार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मेन रोडसँंग जोडिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ । साथै त्यहाँं पार्किगको पनि व्यवस्था छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ । सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोडको लगानीमा नेपालमै अहिलेसम्मको सवैभन्दा ठूलो व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी गराए । अहिले अनौपचारिक रुपमा सुरु गरी अर्काे बर्षको बैशाखमा कृषि मन्त्रीज्यूबाट उदघाटन गराई औपचारिक रुपमा बजारको सुरुवात गर्ने योजना राखेको उनले बताए ।

अहिलेको लागि तरकारी बजार सञ्चालनमा ल्याएको हो । बजारमा माछामासु र फलफुल बजार बनाउन बाँकी रहेको जनाइएको छ । बजारलाई अहिलेसम्मकै सवैभन्दा व्यवस्थित बजारको रुपमा अगाडि बढाउने योजना रहेको जनाएको छ । बजरभित्र साढे सात सय स्टलहरु रहेको छन । बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ । बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा विक्री पनि गर्ने जनाइएको छ । । काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडीभित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ । यो पूर्वी नाकाबाट आउने सवै तरकारीहरु यही पुरयाएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुयाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया