जनक बने सर्वोत्कृष्ट निर्देशक

काठमाडौं । चलचित्र निर्देशक जनकराज खकुरेलले राजधानीमा आयोजित ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१’ मा ‘सर्वोत्कृष्ट चलचित्र निर्देशक’ को अवार्ड हात पारेका छन् । निर्देशक खकुरेलले चलचित्र ‘देशप्रेमी’ का लागि अवार्ड जितेका हुन् । खकुरेलले देशभक्ति भावको चलचित्रबाट अवार्ड पाउँदा खुसी लागेको सुनाए ।

माँ राधिका इन्टरनेसनल मुभिज तथा रवि गु्रप एन्ड कम्पनिजको संयुक्त प्रस्तुतिमा निर्माण भएको उक्त चलचित्रको निर्माता रवीन्द्रकुमार वर्णवाल हुन् । यो चलचित्रको प्रमुख अभिनेतामा प्रदेशी शाह छन् । चलचित्रमा अभिनेता प्रदेशीसँगै अभिनेत्री पुनम दुबे, हिमानी गिरी, पुकार भट्टराई र प्रकाश नेपाल लगायतका कलाकारको अभिनय छ । जनकले नेपाली, बलिउड, भोजपुरी तथा बलिउड चलचित्रमा समेत निर्देशकका रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया