गैडाकोट एग्रोमार्टमा एनएमबि बैकको क्युआर सेवा

काठमाडौ । एनएमवि वैंक गैडाकोट शाखाले गैडाकोट एग्रोमार्ट प्रालि. द्वारा संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीलाई क्यूआर कोड सेवा सुरु गरेको छ । गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका हुन ।

उक्त कार्यक्रममा वैंकको गण्डकी प्रदेशका एरीया म्यानेजर अमृत राज वास्तोलाले क्युआर कोडबाट कारोवार गर्दा हुने फाईदा र यसको विकासका लागी नेपाल राष्ट्र वैंकले ल्याएको नीतिको वारेमा धारणा राखेका थिए । सो अवसरमा गैडाकोट एग्रोमार्ट प्रा.लिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोवार गर्दा हुने जोखिम र विद्युतिय कारोवारले यसलाई कम गर्न सक्ने बताएका थिए ।

कार्यक्रममा गैडाकोट एग्रोमार्टद्वारा संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई आमन्त्रण गरी सम्पन्न गरीएको थियो । कार्यक्रममा उपस्थित अतिथिबाट ३७ वटा पसलका व्यापारीलाई क्यु आर कोड वितरण गरीएको थियो । कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं. ४ का वडासदस्य तेज प्रसाद घिमिरे, झपर्दि नमुना टोल विकास समितिका अध्यक्ष हर्क बहादुर भुजेलको पनि उपस्थिति रहेको बैकले जनाएको छ ।

प्रतिक्रिया