आर्थिक रुपमान्तरणबाट ४ लाख रोजगारी

काठमाडौ । आर्थिक रुपमान्तरण मार्फत प्रतिबर्ष ४ लाख रोजागरी सृजना गर्ने नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । महासंघले स्टार्टअपहरूको प्रवद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जना गर्न गठन गरेको स्टार्ट अप इनोभेसन समितिको कार्यक्रममा सो कुरालाई प्राथमिकतामा राखिएको हो । समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, आर्थिक रुपान्तरण मार्गचित्र मार्फत अगाडी सारेको प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने, स्टार्टअप उद्योग व्यवसायको वारेमा अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोच सहितको उद्यमशीलता प्रवद्र्धन गर्ने लगायतका कार्य गर्ने छ । यो संंगै उद्योग मन्त्रालय अन्तरगत लगानी प्रवद्र्धन महाशाखासंगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयां सोच सहित केही गर्न अघि सरेका नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढन आवश्यक पूंजी लगानी स्वरूप जुटाई सहयोग गर्ने लगायतका महत्वपूर्ण कार्यहरू गर्ने महासंघले जनाएको छ ।

समितिले नविन सोंचमा आधारित रहेर उद्यम गरीरहेका ५० वटा स्टार्टअप/उद्योग व्यवसायको व्यवसायिक सफलताका लागि समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत ५० लगानीकर्तासंग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गर्ने भउको छ । त्यसका लागि चैत तेस्रो साताबाट आवेदन खुला गरिने छ । यसमा आवेदन दिन चाहने स्टार्टअप÷उद्योग व्यवसाय कम्तीमा एक वर्ष र सो भन्दा बढी संचालनमा आएको हुनुपर्नेछ । आवेदन कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवाका लागि खुला गरिने छ ।

त्यैगरी उद्योग व्यवसायहरु लगानीका लागि छनौट भई सकेपश्चात उनीहरुलाई लगानीकर्ता माझ पु¥याउन पहिलो तीन महिनाको मेन्टरशीप कार्यक्रममा समावेश गराइने छ । उद्यमशीलता सम्बन्धी परामर्श दिन लामो व्यवसायिक अनुभवी हासिन गरेका सफल २० जना मेन्टरहरू तयार गरिएको छ । एक स्टार्टअप उद्योग व्यवसायलाई एक मेन्टरका हिसावले २० स्टार्टअप उद्योग व्यवसायलाई मेन्टरशीप कार्यक्रम अन्तरगत लामो व्यवसायिक अनुभव वटुलेका मेन्टरमार्फत करिव ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइने कार्यक्रम रहेको छ ।

मेन्टरशीपमा सफलतापूर्व मेन्टरिङ पुरा गरेका उद्योग व्यवसायलाई मात्र लगानी जुटाउनका लागि लगानीकर्ता माझ आफनो व्यवसायको प्रस्तुतीका लागि मौका प्रदान गरिने छ । केन्द्र बाहेक जिल्लास्तरमा पनि स्टार्टअप उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट मेन्टरहरू उपलब्ध गराइने महासंघले जनाएको छ । यो संगै प्रत्येक महिनाको पहिलो शुक्रवार हरेक क्षेत्रका सफल उद्यमीसंग स्टार्टअपलाई सहयोग पुग्ने गरी ज्ञान श्रृंखलाको रूपमा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवार टक सो कार्यक्रम आयोजना गरिने रहेको छ । स्टार्टअपहरूलाई आवश्यक पर्ने स्रोतसंगै अन्य आवश्यक कार्यक्रमहरू उपलब्ध गराउन महासंघकै सचिवालयमा केन्द्र स्थापना गरिने भएको छ ।

नविन सोंच सहित स्टार्टअप उद्योग व्यवसाय शुरु गरेका उद्यमी व्यवसायीका वास्तविक समस्या तथा चुनौतीका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव तयार गर्ने र यस क्षेत्रका लागि हुनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव पेश गरिने पनि महासंघले जनाएको छ । पछिल्लो पटक नविनतम सोचमा आधारिम उद्यम व्यवसायमा विस्तारै बढोत्तरी हुंदै आएको रे ५ वर्षमा नेपालमा स्टार्टअपहरू राम्रो फस्टाएको कुरालाई विभिन्न अध्ययनले देखाएको महासंघले जनाएको छ ।

प्रतिक्रिया