सिंगटी हाइड्रोपावरको आईपीओमा उच्च आकर्षण

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) मा उच्च आकर्षण देखिएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आइतबार साँझ पाँच बजेसम्म ८ लाख ७९ हजार ७१० वटा आवेदनबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर माग भएको छ । कम्पनीले कर्मचारी र म्युचुअल फण्डका इकाईलाई सुरक्षित गरी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा आइतबारसम्ममा ५.२३ गुणा बढी माग परेको हो ।

आईपीओ निष्काशन छिटोमा १० गते (अझै २ दिनपछि) बन्द हुने भएकाले मंगलबारसम्म यस निष्काशनमा पनि १५ लाख बढी आवेदन पर्ने आंकलन गरिएको छ । कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो । कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया