सिभिल बैंकको साक्षरता कार्यक्रम

काठमाडौ । सिभिल बैकले ‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नारा सहित ‘ग्लोबल मनीविक’को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरी मनाउने कार्यलाई निरन्तरता दिएको छ । बैंकले ‘ग्लोबल मनीविक’को सातदिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

बैकले प्रदेश नं १मा टेम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरेको छ । जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीमा क्यू आरकोड मार्फत भुक्तानी थालनी, ११ चैतमा बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गर्ने पनि बैकले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरताकार्यक्रम, १३ चैतमा लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता, १४ चैतमा कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता, १५ चैतमा सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरताकार्यक्रम संचालन गर्ने बैकले जनाएको छ ।

प्रतिक्रिया