कोरोना खोपको संकट

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा संसद्को रोष्ट्रमबाट बोल्दै भनेको थिए, ‘अबको तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाको भ्याक्सिन लगाइसकिनेछ ।’ प्रधानमन्त्री ओलीका दर्जनौँ अभिव्यक्तिहरू झुठा सावित हु“दै गर्दा उनलाई जनताले ‘ढटुवाका’ रूपमा चिन्न थाले पनि स्वास्थ्यजस्तो संवेदनशील मामिलामा भने ढाँट्ने छैनन् भन्ने विश्वास जनतालाई थियो, अझै पनि छ । तर, कोरानोको भ्याक्सिनका सन्दर्भमा भने प्रधानमन्त्री ओली त्यतिबेला झुक्किएका पनि हुन् । वैज्ञानिकहरूले परीक्षणका क्रममा रहेका भ्याक्सिनलाई छिटै सर्वसाधारणका लागि प्रयोगमा ल्याउनेछन् भन्ने आत्मविश्वास प्रधानमन्त्री ओलीलाई भएको हुनुपर्छ । तर उनले हचुवाका भरमा घोषणा गरे । प्रधानमन्त्री ओलीले घोषणा गरेको ६ महिनापछि मात्रै विश्वका धनी तथा विकसित मुलुकहरूले भ्याक्सिन सर्वसाधारणका निम्ति प्रयोगमा ल्याए । धनी तथा विकसित मुलुकहरूले सर्वसाधारणका निम्ति प्रयोगमा ल्याएको एक महिना बित्दानबित्दै अर्थात गत माघ महिनाको दोस्रो सातादेखि नेपालमा पनि प्रयोगमा आयो । यसलाई सरकारको उपलव्धिका रूपमा लिन सकिन्छ । तर, संकट अझै गहिरिँदै गएको देखिएको छ ।

नेपालमा प्रयोगमा ल्याइएको भ्याक्सिन कोभिशिल्ड हो । यो भ्याक्सिन दुई डोज लगाउनुपर्ने हुन्छ । तीनपटक गरी अहिलेसम्म २३ लाख ४८ हजार डोज भ्याक्सिन आएको छ । जसमध्ये १७ लाख डोज प्रयोग भइसकेको छ । पहिलो डोज दिएकोलाई बढीमा तीन महिनाभित्र दोस्रो डोज दिनुपर्ने हुन्छ, नभए भ्याक्सिनले काम गर्दैन । तर, दोस्रो डोज दिन पुग्ने भण्डारण छैन । दोस्रो डोजका लागि करिब ११ लाख भ्याक्सिन अभाव भइसकेको छ । तर, कोभिशिल्ड भ्याक्सिनको उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले नेपाल सरकारले अग्रिम बुकिङ गराएको भ्याक्सिन आपूर्ति गर्न असमर्थता जनाइसकेको छ । कोभिशिल्ड उत्पादन गर्दै आएको भारत बायोटेकले आफूस“ग महिनामा ५÷६ करोड भ्याक्सिन उत्पादन गर्ने क्षमता रहेको जनाएको छ भने सिरम इन्स्टियुटले आप्mनो उत्पादन मासिक पाँच करोड थान भएको स्पष्ट गरेको छ ।

दुबै कम्पनीको गरी मासिक ११ करोड डोज उत्पादनले भारतको आप्mनै आवश्यकता पूर्ति गर्ने अवस्था छैन । यस हिसाबले भारतलाई नै महिनाको चार/पाँच करोड भ्याक्सिन अपुग भएको देखिन्छ । पहिलो डोज एउटा भ्याक्सिन र दोस्रो डोज अर्कै भ्याक्सिन दिन मिल्ने संभावना छैन । यतिबेला त विश्वमा दोस्रो चरणको महामारी सुरु भइसकेको छ । करिब १ अर्ब ४० करोड जनसंख्या भएको छिमेकी मुलुक भारतमा समेत दोस्रो चरणको महामारी ह्वात्तै बढेको छ । भारतका विभिन्न प्रान्त तथा सहरमा फेरी लकडाउन सुरु भइसकेका कारण नेपाल फर्कनेहरूको ओहिरो लाग्न थालेको छ । नेपालमा पनि दोस्रो चरणको महामारी सुरु हुने संकेत देखिइसकेको छ । यो अवस्थालाई नेपालका नीति निर्माताहरूले पूर्वानुमान गर्न सक्नुपथ्र्यो । देशमा भित्रिएको २३ लाख ४८ हजार भ्याक्सिनलाई दुई ले भाग गरी हुन आएको संख्याभन्दा बढी व्यक्तिलाई खोप लाउनु हु“दैनथ्यो । ११ लाख व्यक्तिलाई खोप लाउनासाथ बाँकी खोपलाई दोस्रो डोजका लागि संरक्षण गरेर राख्नुपर्ने थियो ।

विज्ञहरूले यो सझुाव नदिएका होइनन्, तर सरकार र स्वाथ्य मन्त्रालले चरम लापरवाही गरे । भारतले दिए पाइने, नदिए नपाइने अवस्था बनेको छ, तर भारत आफैं संकटमा छ । आँफ्नो संकटलाई थाति राखेर भारतले नेपाललाई उपलव्ध गरायो भने त ठिकै छ, गराएन भने के गर्ने ? अब भारतसँग अनुनय विनय गर्नुको विकल्प छैन । किनकी नेपाललाई तत्काल संकटमा पार्ने भनेको करिब ११ लाख डोज भ्याक्सिनको अभावले हो । नेपालको यो संकट टार्नका लागि ११ लाख डोज भ्याक्सिन उपलव्ध गराइदिनु भनेको भारतका लागि ठूलो कुरा होइन । मासिक ११ करोड कोभिशिल्ड खोप उत्पादन गर्दै आएको भारतका लागि ११ लाख उपलव्ध गराउनु धेरै ठूलो कुरा नभएकोले नेपालले विशेष अनुरोध गर्नु जरुरी छ ।

प्रतिक्रिया