हिमालको आम्दानी र विश्वका १४ हिमालका वर्णन्

निनाम कुलुङ ‘मंगले’

विश्वको १४औँ अग्लो हिमाल हो, ‘सिसापाङमा अर्थात गोसाइँस्थान ।’ ८ हजार २७ मिटर उचाइको यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । खासमा नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ । चीनले आफ्नो देशमा विश्वकै अग्लो हिमाल सगरमाथाको टाकुरो नेपालमा परेपछि गोसाइँस्थान चीनमा पर्ने गरी राजनीतिक रूपमा सहमति भएको मानिन्छ ।

पर्यटन विभागलाई उद्घृत गर्दै ‘शिखरपोस्ट अनलाइन न्युजपोर्टल’ले केही समयअघि समाचार एक समाचार अनुसार यो वर्षको जाडो मौसम (विन्टर सिजन) मा पनि १० वटा विदेशी पर्वतारोहण दलका ४५ जना सदस्यहरू नेपालका विभिन्न हिमालहरू आरोहण गर्न आएका छन् । त्यसमध्ये आठ हजार मिटरभन्दा माथिको मनास्लु हिमाल पनि परेको छ । स्मरणीय छ, ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न यो वर्षको जाडो मौसममा दुई आरोहण दलका १४ जना पर्वतारोहीहरू मनास्लुतर्पm गएका छन् । बाँकी आठ वटा हिमालहरू आरोहण टोलीले भने ५ हजार ७ सय मिटरभन्दा अग्लो लुजा पिकलगायत हिमालहरू चढ्नेछन् । यी हिमाल चढेवापत विदेशी पर्वतारोहीहरूले नेपाल सरकारलाई राजस्व (रोयल्टी) मात्रै लगभग ९ लाख ८ लाख ९६ हजार ५ सय नेपाली रुपैयाँ तिरेका छन् ।

जे होस्, यो लेखमा विश्वका अग्ला १४ वटा हिम चुचुराहरू कसले चढे÷कहिले चढे ? ती हिमालहरू कहाँकहाँ छन् ? आदि बारे छोटकरीमा लेख्ने प्रयास गरिएको छ । त्यसो त निकट निकट भविष्यमै आठ हजार मिटरभन्दा माथिका अरू ६ वटा हिमालहरू थप हुँदैछन् । सौभाग्यवश थपिने ती ६ वटै हिमाल नेपाली सरहदभित्र रहेका छन् । विश्वका ती आठहजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिमचुचुराहरू एसिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यस मध्ये एकतिहाइ भाग नेपाल भएर जान्छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एकतिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको आठ हजार मिटरमध्ये कम उचाईको हिमाल सिसापाङ्मा –उचाइ ८,०१३ मिटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८.८६ मिटर) हो भने हो भने, सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चोमोलुङमा चढे । विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु÷काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मिटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्धय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ/सेन्छेलुङ) हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा रहेको छ । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर हो । यो हिमाललाई बेलायका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से÷चे हो । यसको उचाई ८ हजार ५ सय १६ मिटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्विट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै वश्वको पाँचौँ अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाइ ८ हजार ४ सय ६३ मिटर रहेको छ भने जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु लगायतको एक जन्ती टोलीले नै चढेका थिए । त्यस्तै विश्वको छैठौँ अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मिटर रहेको छ । सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियाली नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा (लामा) शेर्पाले पहिलोपटक आरोहण गरेका थिए ।
विश्वको सातौँ अग्लो हिमाल हो ‘धवलागिरि’ । यसको उचाइ ८ हजार १ सय ६७ मिटर होे । यो हिमाल सन् १९६० को, १३ मे मा स्विट्जरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौँ अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १६३ मिटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । एवं रीतले विश्वको नवौँ अग्लो हिमाल नांगा पर्वत हो । यो हिमालको उचाइ ८ हजार १ सय २६ मिटर हो । यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक चढेका थिए ।

साथै विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ हो । यो हिमाल नेपालमा रहेको छ भने यसको उचाइ ८ हजार ९१ मिटर रहेको छ । फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए । एवं प्रकारले विश्वको ११औँ अग्लो हिमाल गासेरब्रुम–१ हो । यो हिमाल पनि पाकिस्तान–चीन सीमामा रहेको छ । यसको उचाइ ८ हजार ८१ मिटर रहेको छ भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्वय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिकतानमै रहेको छ भने यसको उचाइ ८ हजार ५१ मिटर हो । यो हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो वेला अष्ट्रियाली पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३औँ अग्लो हिमाल गासेरब्रुम–२ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाइ ८ हजार ३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए ।

विश्वको १४औँ र आठ हजार मिटरको अन्तिम अग्लो हिमाल हो ‘सिसापाङमा अर्थात गोसाइँस्थान ।’ यो हिमालको उचाइ ८ हजार २७ मिटर रहेको छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । खासमा नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ । यसको नेपाली नाम गोसाइँनाथ हो । तर, चीनले आप्mनो देशमा विश्वकै अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि (किनभने पानी–ढलोको आधारमा विश्वकै अग्लो हिमाल चोमोलुङमा÷सगरमाथा नेपालमा पर्छ÷परेको हो ।) भलै यसमा दुवै देश (चीन–नेपाल) ले आ–आफ्नो भनी दावी छाडेका थिएनन् । विश्वकै अग्लो हिमाल सगरमाथा नेपालमा परेपछि ‘सिसापाङमा’ चीनमा पर्ने गरी राजनीतिक रुप सहमति भएको मानिन्छ । जे होस्, यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरूको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए ।

त्यसो त हाम्रो देश नेपालमा हिम रेखाभन्दा माथिका हिमाल (५ हजार ५ सय मिटरभन्दा माथिका) १७ सय भन्दा बढी छन् । तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि ४ सय १४ वटा हिमाललाई मात्रै आरोहणका लागि खुल्ला गरेको छ वा भनौँ ती हिमालहरूलाई कानुनी रूपमा मान्तयता दिएर कुनै पनि देशका पर्वतारोहीहरूबाट निश्चित रकम बराबारको सलामी दस्तुर लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्ने गरेको छ ।

प्रतिक्रिया