मुक्तिनाथ बैंकको ‘होली सप्ताह अफर’

काठमाडो । मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तगत १३ चैत भित्र बैंकको सामान्यबचत खाता खोलेमा १ सय रुपैयामा मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन अफर समय अवधि भित्र दिनुपर्ने बैकले जनाएको छ । ग्राहकले खाताखोलेको मिति देखि ३ महिना सम्म बैकको मोबाइल बैंकिगको सुविधा निशूल्क लिन सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

यस होली सप्ताहअफर सँगै ग्र्राहकले डिम्याट खाता निशुल्क खोल्न सक्नेछन । बचत र डिजिटल कारोबारको प्रोत्साहनगर्न बैंकले यो अफर ल्याएको हो । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतकोजुन सुकै बैंकको एटिएम बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया