तेइस जिल्लामा अन्न उत्पादन गरिने

काठमाडौ । राष्ट्रिय खाद्य बैँक लिमिटेडले २३ जिल्लामा अन्न उत्पादन र तरकारी एवं फलफुलहरु उत्पादन गर्ने बताएको छ । बैकले लगानीकर्ता र संचारकर्मी बीचको साक्षात्कार कार्यक्रम सो कुरा बताएको हो । बैँकका अध्यक्ष शंकर उप्रेतीले सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र विस्तारै आवश्यकता अनुसार विभिन्न पालिका तथा वडाहरुमा समेत जान लागेको बताए । उप्रेतीले बैंकको सार्थकता र औचित्यको बारेमा जानकारी गराँउदै बैँकले कृषि, पशु, जडिबुटी लगायतका हरेक उत्पादनसँग सम्बन्धित उत्पादन र अनुसन्धान अन्तर्गतका कार्यहरु समेत गरिँँदै जानेमा जोड दिएका थिए ।

उनले बिग्रेको माटोलाई सपार्दै जैविक खेती पद्धतीबाट उत्पादन गर्ने बैँकको लक्ष्य रहेको पनि बताए । त्यस्को लागि आम किसान वर्ग र उपभोक्तालाई समेत जैविक खेतीको बारेमा प्रयाप्त जानकारी र विकल्प समेत दिएर अगाडी बढ्ने उनको भनाई थियो । बैँकले उत्पादनको बाली पात्रो बनाएर बैँक अगाडि बढ्ने कुरा आँल्याउदै विभिन्न क्षेत्रका विज्ञहरुको समुह बैँकमा भएको र विभिन्न बालीहरुका जातका बिउहरु समेत उत्पादन गरीने बताएकोे छ ।

नेपालमा रहेका बाँझा जग्गाहरुको सदुपयोग गर्न जहाँ जे फल्छ त्यहि उत्पादन गर्दै अगाडि बढ्दै जाँदा नेपालमा कृषि क्षेत्रमा भएको परनिरभरता समेत घटाउन सकिने उनको भनाई छ । कार्यक्रममा बैकका सल्लाहकार तथा बरीष्ठ धान बाली विज्ञ भोलामानसिँह बस्न्यातले धानको उत्पादनले प्रतक्ष रुपमा देशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा असर पार्ने र धानको उत्पादन बढाँउन सके जिडिपी मा नै वृद्धि हुने कुरा राखे, नेपालका सिँचाईको सुविधा भएका विभिन्न तराई, भित्री मधेश तथा पहाडी क्षेत्रमा चैते धानको प्रवद्र्धन गर्नुपर्ने बताए ।

धान फुल फुलेपछिको समयमा सुर्यको प्रकाश जति बढी भयो त्यति नै धानको उत्पादन बढ्ने हुँदा चैते धानको खेतीको भु–भाग बढाउनुपर्ने र किसानलाई चैते धानमा खेती गर्न प्रेरीत गर्नुपर्ने उप्रेतीको भनाई छ । बैँकका सल्लाहकार तथा कृषि विज्ञ प्रा. डा. टंक प्रसाद पोखरेलले हामी विषाक्त खानपानको एकदमै रोगी भएको र यसलाई बैँकले घटाँउर्दै लानुपर्नेमा जोड दिए । कृषक र उपभोक्ताहरु सबैले स्वस्थ खानपान सहितको जिवनयापन गरे मात्र हामी स्वस्थ बन्न सकिने उनको भनाई थियो ।

प्रतिक्रिया