शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले चितवन स्थित भ्याली स्टेट कलेजको सहकार्यमाचितवनको भरतपुरमा शेयर बजार सम्बन्धी १ दिने आधारभूततालिम कार्यक्रम सञ्चालन गरेको छ । स्मार्ट ब्यांकेट, भरतपुरको सभाहलमा आयोजित कार्यक्रममा करिब २००जनाको सहभागीता रहेको थियो । कार्यक्रममा भ्याली स्टेट कलेजका प्राध्यापक मन अधिकारीले स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रममा सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पूँजीबजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए । साथै कलेजहरुले आयोजनागर्ने यस्ता कार्यक्रमहरुले वित्तिय साक्षरता अभिवृद्धिमा मद्दत गर्ने बताए । यस्तै कार्यक्रममा अतिथि युनियनलाइफ इन्स्योरेन्सका प्रदेश नं. २ का डेपुटि प्रदेश प्रमुख इन्द्रराज सुवेदीले मोफसलमा यस्ता कार्यक्रमको आयोजना हुनु सुखद पक्ष रहेको र यसले शेयर बजारको बारेमा चेतना अभिवृद्धि गर्ने बताए ।

तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत ी कृष्ण गिरीले गरेका थिए । कार्यक्रममा नेपालको शेयर बजारको अवस्था, लगानी किन गर्ने, प्राथमिकबजार तथा धितोपत्रको दोश्रो बजार, शेयर बजारलाई प्रभावपार्ने तत्वहरुका साथै शेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने, लगानी व्यवस्थापन भनेको के हो ? लगायतका विषयमा जानकारी सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।

प्रतिक्रिया