गाइघाटमा एभरेष्ट बैंकको शाखा

काठमाडौ । एभरेष्ट बैंक लिमिटेडले उदयपुरको गाइघाटमा शाखा विस्तार गरेको छ । यो बैकको १०२ औं शाखा हो । बैंकका नायव महाप्रबन्धक डा।सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ,गाईघाटकाअध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा गाईघात, उदयपुराशाखाको उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा विश्वराज भट्टराई, वडा ११ त्रियुगा नगरपालिकाका अध्यक्ष, भिम बहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, पूर्ण बहादुर श्रेष्ठ, एभरेष्ट बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेती, बैकका मर्केटिङ प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीको उपस्थिती रहेको थियो ।

बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमारले उद्घाटन गरेको सो कार्यक्रममा गाईघात क्षेत्रका बासिन्दालाई उच्च गुणस्तरको सवै अत्याधुनिक बैंकिग सेवा प्रदान गराउने आश्वासन दिए । स्थापनाकाल देखिनै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन ।

देशभर छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १ सय ३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले सरकारको राजस्व संकलनको लागि ३१ संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया