टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडी बजारमा

काठमाडौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडी सार्वजनिक गरेको छ । यि गाडीहरुमा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ–बि एस सिक्स प्रविधि रहेको छ । यो संगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको हो ।

बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ । उक्त सार्वजनिक कार्यक्रममा टाटा मोटर्स्इन्टरनेशनल बिजनेश हेड मायकं बाल्डीले टाटा मोटर्सका बिबिध रेन्जका गाडी नेपाली ग्राहकहरुले लामो समय देखि रुचाईरहेको बताए । उक्त अवसरमा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडी सार्वजनिक गर्न पाउँदा खुसी लागेको उनले बताए ।

सो अवसरमा इम्प्याक्ट २.० डिजाईनमा निर्मित बि.एस. सिक्स रेन्जका गाडीमा पनि डिजाईन, सुरक्षा र आरामको लागि उच्चस्तरिय बिशेषता रहेका छन । यि गाडीले ग्राहकको मन जित्न सफल हुने बिश्वास कम्पनीले लिएको सिप्रदी ट्रेडिग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए । उनले बि. एस. सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडी आफ्नो श्रेणिका अन्य गाडी भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडी रहेकोमा जोड दिए ।

प्रतिक्रिया