सेयर कारोबार साढे ४ खर्बमा खुम्चियो

काठमाडौं । सेयर कारोबार र परिसुचक दुवै खुम्चिएको छ । साताको दोश्रो दिन मंगलबार कारोबार रकम र नेप्से दुवै खुम्चिएको हो । सोही कारण नेप्से २३ दशलमव २२ अंकले घटेर २ हजार ४ सय ६१ दशमलब ८८ मा झरेको छ भने कारोबार रकम ४ खर्ब ७५ अर्बमा सिमित रहेको छ । यो भन्दा अघि दैनिक १० अर्ब रुपैया सम्मको सेयर कारोबार हुने गरेको थियो ।

जलविद्युत्, होटल र म्यूचुअल फन्डबाहेक सबै समूहको परिसुचकको अवस्था कमजोर देखिएको छ । होटल तथा पर्यटन समूहमा करिब ३ प्रतिशत ले वृद्धि भएको छ । सोल्टी होटलको सेयर मूल्य प्रति कित्ता दुई सय ६ रुपैयाँ पुगेर बन्द भएको छ । ओरियन्टल होटलको सेयर मूल्य प्रति कित्ता ४ सय ८५ रुपैयाँ पुगेको छ । तारा गाउँ रिजेन्सी होटलको सेयर मूल्य समेत कित्ताको ३ सय १९ रुपैयाँ पुगेको छ ।

अधिकांश समूहको परिसुचक १ प्रतिशतको दरले घटेको छ । नेप्सेमा २३ अंकको गिरावट आए पनि पाँच कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा उच्च दरमा वृद्धि भएका छन् । यसरी वृद्धि हुनेमा जलविद्युत कम्पनीहरु रहेका छन् । हिमालय ऊर्जा विकास कम्पनी, नेपाल हाइड्रो डेभलपर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य रहेको छ ।

प्रति कित्ता ३२ रुपैयाँले बढेर हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य ३५३ रुपैयाँ पुगेको छ । नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य प्रति कित्ता ३२ रुपैयाँले बढेको छ । रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३१ रुपैयाँले बढेर ३ सय ४९ रुपैयाँमा कारोबार भएको छ ।
युनाइटेड फाइनान्स कम्पनीको सेयर मूल्य ३१ रुपैयाँले बढेर ३४९ रुपैयाँ पुगेको छ । मंगलबार ५२ हजार ५ सय ९१ पटकको कारोबारमा १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर किनबेच भएको छ । ६५ करोड ३५ लाख रुपैयाँ बराबर किनबेच भएको यो इन्स्योरेन्सको सेयर मूल्य २ हजार ६ सय २२ रुपैयाँ पुगेको छ । अपर तामाकोशीको २९ करोड ६७ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

प्रतिक्रिया