अर्थबजार

बढ्यो सुनको मूल्य

सौर्य अनलाइन २०७७ फागुन २३ गते ११:२७ मा प्रकाशित

काठमाडाैं । साताको पहिलो दिन आइतवार सुनको मूल्यमा वृद्धि भएको छ । आइतवार छापावाल सुन प्रति तोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको मूल्य यही नै कायम भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय