गोरखा डिपार्टमेन्टमा एनआईसी एशियको क्युआर भुक्तानी सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्युआर भुक्तानी सेवा सुरु गरेको छ । सो सन्दर्भमा बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्युआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको हो । जसमार्फत कम्प्युटरको स्क्रिनमै क्युआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सकिने छ । फोन पेमा आवद्ध बैंकका ग्राहकले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट क्युआर भुक्तानी सेवा प्रयोग गर्न सक्नेछन् ।

हाल बैंक मुलुकभर रहेका ३ सय ५२ शाखा कार्यालय, ४ सय ७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया