सरकार र विप्लव समहुको सहमती सँगै सेयरमा उछाल

काठमाडौं । साताको अन्तिम दिन सरकार र विप्लप समुहवीचको सहमति सगै सेयर बजारमा उछाल आएको छ । विप्लपसंगको सहमतीले मुलुकमा लगानीको बातावरण बन्ने र हत्या हिंशाको राजनीति अन्त्य हुने भन्दै लगानीकर्ता बजारतर्फ हौसियपछि सेयरमा ९० अंकको बृद्धि आएको हो । सेयर बजार परिसूचक नेप्से पौने चार प्रतिशतले वृद्धि हुँदा पुनः २५०० अंकको विन्दु पार गरेको छ । सुरुवातबाट नै हरियाली छाएको बजारमा बीचमा समान्य उतार–चढाव देखिए पनि सुधारको गतिले निरन्तरता पाएको हो ।

बिहीबार २ हजार ४ सय २५ दशलमव २ अंकबाट सुरु भएको सेयर कारोबारको सुचकांक नेप्से ९० दशलमव २७ अंकले बढेर २ हजार ५ सय ६ दशलमव ६८ अंकमा बन्द भएको छ । गत साता २ हजार ६ सय ४० अंकको उच्च विन्दुमा पुगेको थियो । संसद पुनःस्थापना भए पनि राजनीतिक अन्योल कायमै रहँदा उच्च विन्दुमा रहेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा सेयर बजारमा करेक्सन देखिएको थियो । दुई सातामै उच्च विन्दुबाट साढे ८ प्रतिशको करेक्सन भएर २ हजार ४ सय १६ अंकसम्म झरेको थियो । अघिल्लो सातबाट घट्न सुरु भएको नेप्से दुई सातामा २२५ अंकको करेक्सनपछि बढेको हो ।

नाफा बुक गरेर केही अल्पकालीन लगानीकर्ता बाहिरिए पनि नयाँ लगानीकर्ताको प्रवेश र नेप्से अझै माथि जानसक्ने लगानीकर्ताको मनोबल तथा आर्थिक पुनरुत्थानसँगै बढेको गतिविधिले गर्दा बैंकिङ क्षेत्रमा नाफा बढ्नसक्ने पूर्वानुमानले लगानीकर्ताको विश्वास बढेको देखिन्छ । नेप्सेसँगै सबै उपसूचकमा पनि हरियाली छाएको छ । लघुवित्त, अन्य र लगानी उपसूचक ५ प्रतिशतमाथिले वृद्धि हुँदा साल्ट ट्रेडिङको मात्रै कारोबार भइरहेको व्यापार उपसूचक सर्वाधिक ७ दशलमव १ प्रतिशत बढेको छ । त्यस्तै, हाइड्रोपावर उपसूचक ४ दशमलब ७८ प्रतिशत, जीवन बिमा उपसूचक ३ दशलमव ५ प्रतिशत र उत्पादन उपसूचक पनि ३ दशलमव ६६ प्रतिशतले विस्तार भएको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा पनि होटेल तथा पर्यटन उपसूचक २ दशलमव ९९ प्रतिशले बढेको छ भने बैंकिङ उपसूचक २ दशलमव ९६ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक पनि करिब साढे २ प्रतिशतले बढेको छ ।

नेप्सेमा उच्च अंकको वृद्धि देखिए पनि कारोबार रकम भने ६ अर्बमै खुम्चिएको छ । कोभिडपछिको अर्थतन्त्रले लय लिएसँगै बैंकहरुले सेयर बजारमा भन्दा आफ्नो व्यवसायमा नै प्राथमिकता दिँदा कारोबार रकम भने कम भएको आकलन गरिएको छ । बैकिग प्रणलीमा क्रमशः तरलता कम भएको र कर्जाको माग अत्यधिक रहेकोले बैंकहरुले सेयर बजारमा गर्ने कारोबार घटेको आकलन गरिएको छ । बिहीबार नेप्सेमा ६५ हजार १ सय ७४ पटकको कारोबारमा २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा कारोबार रकममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लिड गरेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै पुनः घटेर ५५२ रुपैयाँ बन्द भएको निफ्राको ५३ करोड २३ लाख ९० हजारको काराबार भएको छ । यस्तै, शिखर इन्स्योरेन्सको २४ करोड ४४ लाख ९१ हजारको कारोबार हुँदा नबिल बैंकको २० करोड १७ लाख २० हजार र नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८३ लाख ५० हजारको कारोबार भएको छ ।

प्रतिक्रिया