घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीवार) सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक हजारले गिरावट आएको हो । हिजो (बुधवार) प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ५ सयमा रहेको थियो । भने आज सुनको मूल्य तोलामा एक हजारले गिरावट आइ प्रतितोला सुन ८६ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ५० रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा ३० ले घटेर प्रतितोला १२ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया