पुन: निर्माणमा भारतको २४ करोड सहयोग

काठमाडौं । ललितपुर र सिन्धुपाल्चोकमा थप तीन सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारत सरकारले पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत २४ करोढ ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले हस्ताक्षर गरेका हुन् ।

प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर समेत भएको छ । सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरुमा ललितपुर स्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पर्दछन् । इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनस्र्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाईले गर्नेछ ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षती पु¥याएका यी तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत २४ करोढ ६० लाख रुपैयाँको लागतमा हुनेछ । भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनस्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर ( ५ अर्ब ८० करोड रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

प्रतिक्रिया