अर्थबजार

अरुण–३ जलविद्युत बारे छलफल

सौर्य अनलाइन २०७७ फागुन १९ गते २१:४५ मा प्रकाशित

काठमाडौ । लगानी बोर्डको पहलमा नेपाल सरकारका उच्च अधिकारीले संखुवासभामा निर्माण भइरहेको अरुण ३ जलविद्युत परियोजनाको बुधबार निरीक्षण गरी छलफल गरेका छन । निरीक्षणको क्रममा टोलीले परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे स्थानीय सरोकारवालासँग छलफल समेत गरेको छ । टोलीले संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माणस्थल तथा चिचिला गाउँपालिकास्थित दिदिगको विद्युतगृह निर्माण कार्यको अवलोकन गरेका थिए ।

उक्त टोलीले परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग पनि छलफल गरेको छ । टोलीमा गृहसचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, उर्जा सचिव दिनेश घिमिरे, लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारी, बोर्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतम लगायतको सहभागिता थियो । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन भइरहेको ९ सय मेगावाट क्षमताको उक्त परियोजना निर्माणको करीब ४० प्रतिशत काम सम्पन्न भैसकेको छ । परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ बर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय