सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ ।

चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजको लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया