आदिवासी जनजाति : कहिलेसम्म झोलेपोके भइरहने ?

निनाम कुलुङ ‘मंगले’

छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ, विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबैभन्दा बढी उफ्रिने टोलीहरू हुन् पन्जाबको भाँगडा र नागाहरूको नाच । तिनीहरूमध्ये ‘हो’ भन्नेहरू राजधानीमा उफ्रदै गर्छन्, ‘होइन’ भन्नेहरू स्वशासनका लागि पड्कदै गर्छन् । हाम्रो पनि राजनीतिक पर्वहरूमा जनजातीय धार्मिक/सांस्कृतिक झाँकीहरू प्रयोग हुँदै आएको छ, तर पड्कन भने बाँकी छ ।’ भनी लेखेको हरफको याद आयो । सायद हर्क गुरुङले आप्mनो सो लेखमा स्वतन्त्र पञ्जाबको (खालिस्तान–स्वर्ण मन्दिर घटना) आन्दोलन र नागाल्यान्डको नागाल्यान्ड स्वतन्त्रताको आन्दोलनलाई इंगित गर्न खोजेका थिए ।

 

सरकारी नेकपा र गैरसरकारी नेकपाबीचको द्वन्द्वले मुलुक अनिर्णयको बन्दी बनेको छ । यतिबेला सरकारी संयन्त्र र सरकारी ढुकुटीमा मोजमस्ती गर्न पाइरहेका र नपाइरहेका कम्युनिस्टहरूको तानातानमा मुलुक फँसेको छ । खान नपाएका नेकपा र खान पाएका नेकपाको जुलुसहरू हेर्दा यो पंक्तिकारलाई के लाग्यो भने, विशेषतः नेपालका आदिवासी जनजातिहरूका मुद्दा ओझेलमा पार्ने षड्यन्त्र भइरहेको छ । आफ्नो राजनीतिक अधिकार, जातीय स्वपहिचान, भाषिकअधिकार, धार्मिक अधिकार, सांस्कृतिक अधिकार, समानुपातिक समावेशीता, आत्मनिर्णयको अधिकार, मौलिक हक स्थापित गर्न, स्थापित भएका मौलिक हक–अधिकारहरू, जो पछिल्लो (२०७२ को) संविधानमै उल्लेख भएको छ, ती मौलिक हक–अधिकारहरू कार्यान्वयनको मुद्दालाई प्रमुख दल भित्रका आदीवासी जनजाति नेताहरूले कार्यान्वयन गर्न सक्ने वातावरण बिथोलिएको छ । आइएलओ महासन्धिको धारा–१६९ लाई नेपाल सरकारले मान्छु भनेर तत्कालीन अन्तरिम संसद्बाट पारित गरेको वा भनौँ अनुमोदन गरेको सन् २००७ मै हो । तर, आइएलओ महासन्धिको धारा–१६९ नेपाल सरकार मान्छु भनेर पारित गरेको लगभग १४ वर्ष पुग्न लाग्दा पनि नेपालका आदिवासी जनजाति, मुसलमान, दलित (एका–दुक्का बाहुन–क्षेत्रीहरू पनि) गाई–गोरु वा बाच्छा–बाच्छी मारेको आरोपमा तीन वर्ष जेल र १०/१२ हजार हुँदै २२/२५ देखि ५०/६० हजारसम्म (पैmसला गर्ने श्रीमानको तजबिजमा भरपर्ने) जेल बस्नुपरेकै छ । तापनि नेपालका आदिवासी जनजातिहरूमा विगतमा भन्दा केही बढी नै ! राजनीतिक अधिकार, जातीय स्वपहिचान, भाषिकअधिकार, धार्मिक अधिकार, सांस्कृतिक अधिकार, समानुपातिक समावेशीता, आत्मनिर्णयको अधिकार, मौलिक हक आदिबारे सचेतता आएको र चेतनाको विकास भएको हो कि ! भन्न सकिन्छ ।

०७२ साल यता हरेक वर्ष असोज ३ गते राज्य र राज्य पक्षका मान्छेहरूले धुमधामका साथ काठमाडौंको टुँडिखेलको सैनिक मञ्चमा संविधान दिवस मनाउने गरेका छन् । सो अवसरमा देशका शासक जात र शासक वर्गका मान्छेहरूले त खुसीयाली मनाउने नै भए । संविधान दिवसमा सरकार प्रमुख, राज्य प्रमुख र राज्य पक्षका मान्छेहरू, तिनका हनुमानगिरी गरेर र झोलेपोके बनेर केही हिस्सा पएर भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरूलाई मनोरञ्जन दिलाउने र खुसी बनाउने काम भने आदिवासी जनजाति र मधेसी मूलका केटाकेटी (भाइबहिनी) हरू वा भनौँ कलाकारहरूले ‘सुझो न बुझो टिकी ट्यास–ट्यास !’ भनेभैmँ फगत मनोरञ्जन दिलाउने गरेका छन् । हरेक वर्ष सो कार्यक्रमको दृश्य र झलकहरू नेपालका विभिन्न टेलिभिजन च्यानलहरू, युट्युब च्यानलहरू, विभिन्न पत्रपत्रिकाहरू, अनलनइन न्युजपोर्टल लगायतमा छापिएको÷प्रचारप्रसार भएको फोटाहरू र, दृश्यहरू हेर्दा लाग्छ कि, ०७२ असोज ३ मा जारी भएको संविधान चौथो वर्ष पूरा भएर पाँचौँ वर्ष लागेको अवसरमा संविधान दिवस मनाउन पाउँदा सरकार प्रमुख, राज्य प्रमुख, राज्य पक्षका मान्छेहरू र तिनका हनुमानगिरी गरेर र झोलेपाके बनेर सरकार र राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरूभन्दा ती अबोध कलाकार भाइबहिनीहरू धेरै खुसी छन् ! त्यसैले उनीहरू मन खोलेर उफ्रीपाफ्री गरिरहेका छन्, अथवा भनौँ उनीहरू मस्तराम भएर मनोरञ्जन दिलाइरहेका छन्, नाचगानमा रमाइरहेका छन् । तर, अर्कोतर्फ सोही दिन नेपालकै असन्तुष्ट पक्ष, खासगरी आदिवासी जनजाति र मधेसी (राज्य र राज्यपक्षको भाषामा भन्नुपर्दा सानो समूह !) ले भने सुरुदेखि नै (०७२ साल असोज ३ का दिन जारी नेपालको नयाँ संविधानप्रति असहमति राख्दै) सो दिन विरोध प्रदर्शन र विरोधसभा गर्ने गर्छन् ।

उता ०७२ साल असोज ३ का दिन जारी भएको र सरकार, राज्य र पक्षका मान्छेहरू र, राज्यपक्षको तिनका हनुमानगिरी गरेर र, झोलेपाके बनेर सरकार र राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरूले नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भन्ने गरेको संविधानको विरुद्ध कालो दिवसको रुपमा सडकमा कार्यक्रम गरी ‘असोज ३ कालो दिन’ भनी कालो दिवसको रूपमा कार्यक्रम गरी कालो दिवस मनाइरहेका थिए । हुन त ०७२ को संविधान जारी भएदेखि नै राज्य र राज्यपक्षका मान्छेहरूले धुपबत्ती बालेर, मैनबत्ती बालेर, दीपावली गरेर, अबिर लगाएर ! हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् ।

पछिल्लोपटक ०७२ असोज ३ मा जारी भएको नयाँ संविधान, जो राज्य पक्षका मान्छे र नेपालका ठूला भनिएका राजनीतिक दल र तिनका नेता तथा उनीहरूको हनुमानगिरी गरेर र, झोलेपाके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरू र राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरूको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भनिएको संविधानको विरोधमा किन कालो दिवस नै मनाउने गरेका छन् त ? के उनीहरूले फगत विरोधका लागि विरोध गर्न मात्रै यसो गरेका हुन् त ? यहाँ एक चर्चा गर्ने प्रयास गरिएको छ । ०७२ असोज ३ मा जारी भएको संविधान जो छ, यो संविधान नेपालका राजनीतिक दल र तिनका नेताहरू, बुद्धिजीवीहरू, उनीहरूको हनुमानगिरी गरेर र, झोलेपोके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरूको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै होइन विश्वकै उत्कृष्ट संविधान हो । तर, यो संविधानमा आदिवासी जनजाति विरोधी ११ वटा धाराहरू रहेका छन् । त्यस्तै २९ वटा धाराहरू आदिवासी जनजातिहरूका लागि विभेदकारी छन् भने, सबैभन्दा धेरै अर्थात् ३९ वटा धाराहरू आदिवासी जनजातिहरूलाई बहिष्करण गर्ने खालका छन् । उता यो संविधासको ५ वटा धाराचाहिँ नेपालका शासक मानिएका आर्य–खस समूहको जातीय सर्वोच्चतालाई साथ र सहयोग गर्ने खालको छ । त्यस्तै धारा २७४ ले ७ प्रदेशबाहेक एक इन्च पनि तलमाथि गर्न नमिल्ने आशय बोलेको छ । मानौं कि, ०७२ असोज ३ मा जारी भएको संविधानको धारा २७४ ढुंगोमा कँुदिएको अक्षर हो ! (सन्दर्भ स्रोतः अधिवक्ता शंकर लिम्बु, सचिव, लाहुर्निप) । यस्तो हुँदाहुँदै पनि ०७२ असोज ३ मा जारी भएको नयाँ संविधानलाई राज्य पक्षका मान्छे र नेपालका ठूला भनिएका राजनीतिक दल र तिनका नेता तथा उनीहरूको हनुमानगिरी गरेर र, झोलेपाके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरू र राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरूको नजरमा ०७२ मा जारी भएको संविधान नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट संविधान हो ।

निश्चय नै यो पंक्तिकार अरू जस्तो (केही त्यस्ता व्यक्तिहरूको घमण्डअनुसार कुरो गर्ने हो भने) दर्जनौँ विषयमा डिप्लोमा, डिग्री, एमफिल र त्यति नै विषमा डक्टरेट ! गरेको व्यक्ति नभएर स्कुलको ढोकासमेत नदेखेको र क, ख, ग, घ, … समेत नपढेको व्यक्ति हो । त्यसो भएता पनि यहाँ हर्क गुरुङले लेखेको ‘जनजाती सेरोफेरो’ नामक किताबको पाना नम्बर–२२ मा लेखेको (मैले पढेको !) जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको … । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ, विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरू हुन् पन्जाबको भाँगडा र नागाहरूको नाच । तिनीहरूमध्ये ‘हो’ भन्नेहरू राजधानीमा उफ्रदै गर्छन्, ‘होइन’ भन्नेहरू स्वशासनको लागि पड्कदै गर्छन् । हाम्रो पनि राजनीतिक पर्वहरूमा जनजातीय धार्मिक÷सांस्कृतिक झाँकीहरू प्रयोग हुँदै आएको छ, तर पड्कनु भने बाँकी छ ।’ भनी लेखेको हरफको याद आयो । सायद हर्क गुरुङले आफ्नो सो लेखमा स्वतन्त्र पञ्जाबको (खालिस्तान–स्वर्ण मन्दिर घटना) आन्दोलन र नागाल्यान्डको नागाल्यान्ड स्वतन्त्रताको आन्दोलनलाई इंगित गर्न खोजेका थिए ।

तर हर्क गुरुङ हालसम्म पनि जीवितै रहेको भए समग्र नेपालको आदिवासी जनजाति आन्दोलन, विभिन्न राजनीतिक दलमा रहेका तर, आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र, समग्र आप्mनो समुदायको हितको लागि केही न केही प्राप्त गर्नका लागि अधिकतम प्रयास गर्नेभन्दा पनि आप्mनो दल र तिनका नेताहरूमाझ आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र, समग्र आप्mनो समुदायलाई देखाएर बार्गेनिङ गर्ने, हनुमानगिरी गर्ने, झोलेपोके बन्ने अन्तिममा केही हिस्सामा ‘भाग शान्ति जय नेपाल !’ (व्यक्तिगत स्वार्थका लागि) गर्ने आदिवासी जनजाति मूलका नेताहरूप्रति कस्तो दृष्टिकोण राख्नु हुन्थ्यो होला ?, कस्तो टिप्पणी गर्नु हुन्थ्यो होला ? उनीहरूलाई के भन्न चाहनु हुन्थ्यो होला ? अहिलेलाई कल्पना मात्रै गर्न सकिन्छ ।

प्रतिक्रिया