नेप्से वियरीस ट्रेन्डमा : सेयरमा नाफा बुक गर्ने समुह हावी

काठमाडौ । नेप्से वियरिस ट्रेन्डतर्फ जान थालेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता र अनुकुल मौद्रिक नीतिले बढाइएको बजारमा नाफा बुक गर्ने समुह हावी भएपछि पुन मंगलबार ५९ दशमलब ७ अंकले घटेको छ । आइतबार ८० अंकले घटेको परिसुचक सोमबार ४० अंकले बढेको थियो । मंगलबार पुनः घटनु भनेको सेयर बजारमा सट्टेबाज हावी हुनु र नाफा बुक गर्ने समुहले बिक्री चाप बढाउनु नै मुख्य कारण रहेको छ । मंगलबार सेयर मूल्य मापन गर्ने परिसूचक २ दशलमव ३७ प्रतिशतले घटेको छ भने सेयर बजारमा ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने ‘सेन्सेटिभ इण्डेक्स’ २ दशलमव १६ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा सस्तो ब्याजदरमा ऋण उपभोग गरिरहेका सेयर लगानीकर्ताले त्यस्ता संस्थाले व्याजदर बढाउने भित्री सूचना सँगै बिक्री चाप बढाएका हुन । बढेको बजारमा नाफा लिएर निस्कन चाहाने मनोविज्ञानले पनि बजारमा बिक्री चाप बढेको सेयर बिज्ञ हितेश प्रधान बताउछन । चैत मसान्तमा कर तिर्ने दबाब, बैंकको ऋणको ब्याज तिर्ने दबाबको कारण पनि बजार माथी जान सक्ने अवस्था देखिदैन ।

बैंकमा कर्जाको बढ्दो मागले तरलता घट्ने क्रमसँगै बैंकको ब्याजदर उकालो लाग्ने अनुमान गरिएको । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा सस्तो ब्याजदरमा ऋण उपभोग गरिरहेका सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज माथि जानसक्ने अनुमानका आधारमा सेयर बिक्रीमा लागेको एक लगानीकर्ताले बताए ।

बैंक तथा वित्तिय संस्थाको कर्जा वृद्धिसँगै अधिक तरलता ९० अर्ब रुपैयाँ भन्दा कम छ । वाणिज्य बैंकको औसत कर्जाको तुलनामा स्रोत ७६ प्रतिशत पुगेको छ । यद्यपि नेपाल राष्ट्र बैंकले यो अनुपात ८५ प्रतिशतभन्दा तल राख्नुपर्ने व्यवस्था गरेको छ । मंगलबार सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेर धेरै गुमाउनेमा नेपाल हाइड्रोपावर डेभलपर्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट रहेका छन् । त्यस्तै, साधना लघुवित्त र गुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरै घटेको छ ।

साल्ट ट्रेडिङ लिमिटेड र चन्द्रागिरी हिल्सको मूल्य क्रमशः ९ दशलमव ९९ प्रतिशत र ९दशलमव ८९ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन पावर पार्टनर र एचआइडीसीएलको सेयर मूल्य क्रमशः ८ दशलमव ८९ र २ दशलमव १७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पटक सेयर किनबेच हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । निफ्राको सेयर ८,७९० ओटा कारोबार भएको छ । त्यस्तै, कुमारी बैंकको ६ लाख ८१ हजार ९७ कित्ता सेयर कारोबार भएको छ । कारोबार मूल्यका हिसाबले एशियन लाइफ इन्स्यारेन्सको सबैभन्दा बढी २८ करोड २७ लाख ९४ हजार एक सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार नेप्सेमा २०८ कम्पनीको ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपैयाँ मूल्यका एक करोड ३१ लाख ६ हजार सात सय ३८ कित्ता सेयर ६४ हजार सात सय ८७ ओटा कारोबारमार्फत खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया