सुनचाँदीको मुल्यमा भारी गिरावट, कति पुग्याे ?

काठमाडौं । मंगलबार सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ । हिजो प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबारब भएको सुनको मुल्य आज तोलामा १ हजार ७०० रुपैंयाले घटेर प्रतितोला ८७ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैंया रहेको थियो ।

प्रतिक्रिया