आइसबर्ग पुनः बजारमा

काठमाडौं । आइसबर्ग बियर सोमबारबाट पुन बजारमा आएको छ । हिमालयन ब्रुखरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै नयाँ स्वरुप, स्वाद र लेबलमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ । तीन दशकअघि नेपाली बजारमा निकै रुचाइएको आइसबर्ग नयाँ व्यवस्थापन र लगानीमा आएको हो । गोदावरीको पानीलाई प्रशोधन गरी उत्पादन हुने आइसबर्ग स्प्रिङ वाटर प्रयोग भई उत्पादन हुने नेपालकै एक मात्रै बियर भएको कम्पनी भएको दाबी गरेको छ ।

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न मदिरा पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ । आइसबर्गको स्ट्रोङ बियरमा सात प्रतिशत अल्कोहल रहने बताइएको छ । आइसबर्गको प्रिमियम बियर ६ सय ५० एमएलको मूल्य दुई सय ८५ रुपियाँ कायम गरेको छ । हिमालयन ब्रुअरीको स्ट्रोङ सेगमेन्ट बियर कमाण्डो पनि बजारमा उपलब्ध छ । नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै बजार लिनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया