कुमारी ईक्विटी फण्ड ५३ प्रतिशत बिक्री

काठमाडौ । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भएको छ । क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा ४९हजार ५५० जना आवेदकबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्पशर्माले जानकारी बताएका छन ।

क्यापिटलले माघ १४ देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्रीगर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १ सय देखि ८० लाख इकाई सम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया