कुमारी बैंक र के.जि.यच ग्रूप सम्झौता

काठमाडौ । कुमारी बैंक लिमिटेड र के.जि. यच ग्रूप बीच होटलका विशेष सेवामा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको भन्दै बैंकले आफ्ना ग्राहकलाई यस सहकार्य मार्फत के. जि. यच ग्रूप अन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालयका सेवामा आकर्षक छुटको प्रावधान मिलाएको छ ।

बैंकका डेबिट,क्रेडिट कार्डवाहकहरुले उक्त के. जि. यच ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टमा खानपानमा, स्पा सुविधामा र संग्रहालय शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया