नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । हाल प्रचण्ड माधव समूहमा रहेका गुरुङलाई हटाउँदै प्रधानमन्त्री ओलीले प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।

ओली नेकपाको संसदीय दलका नेता समेत हुन। नेकपाको संसदीय दलको उपनेतामा सुवाश नेम्वाङ रहेका छन।प्रधानमन्त्री ओलीले नेकपाको प्रमुख सचेतकमा नियूक्त गरेका भट्टराई खोटाङबाट निर्वाचत सांसद हुन्।

यसअघि ओली समूहले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री समेत रहेका नेकपाका नेता प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिएको थियो। नेकपाका नेताहरु दुई समूहमा विभाजित भएपछि एकअर्को समूहका नेतालाई पदबाट बर्खास्त गर्ने क्रम चलिरहेको छ।

प्रतिक्रिया