महिला लघुवित्तको सेयर बाँडफाँड

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयरको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । महिला लघुवित्तले गत ३० माघ बाट एक सय रुपैयाँ अंकित दरका सेयर निष्काशन गरेको थियो । कम्पनीले कुल चार करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । कुल चार लाख कित्तामध्ये पाँच हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ । महिलाको सेयरमा ६३ गुणा बढिको आवेदन परेको थियो ।

प्रतिक्रिया