अप्पर स्याङगेको शेयर रजिष्टारमा सिद्धार्थ क्यापिटल

काठमाडौ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । उक्त परियोजना लमजुंगको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्यागेका अध्यक्ष वीरबहादुर घलेले यो परियोजना कोविड १९को प्रभावको बाबजुद बजेट भित्रै रही यथा शिघ्र निर्माण सम्पन्न बताएका छन ।

यस परियोजनामा कृति भेन्चर फण्ड, भेष्ना भेन्चर फण्ड र व्यात्तिगत लगानिकर्ताले लगानि गरेका छन । माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड यस परियोजनाको स्थापनाकाल देखिनै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदानगर्दै आएको छ । साथै यस परियोजनाका लागि आवश्यकऋण साझेदारका रुपमा प्राइम बैक रहेको छ ।

प्रतिक्रिया