माथिल्लो पिलुवा खोला–३ मा लक्ष्मी बैकको सहवित्तीयकरण

काठमाडौ । माबिलुङ्ग इनर्जी लिमिटेड संखुवासभाको साविकको सिद्धकाली र मावादिन गाविसरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४ दशमलव ९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा सहवित्तीकरण सम्झौता भएको छ । लक्ष्मी  बेकको अगुवाईमा माछापुच्छ«े बैंक समेत २ वटा वाणिज्य बैंकले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी सम्झौता भएको हो । उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैया रहेको छ । माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता १२ चैत २०७५ मा भएको हो । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट गत ९ साउनमै विद्युत उत्पादन अनुमति प्राप्त गरीसकेको छ । माबिलुङ्ग इनर्जीलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी,गुहेश्वरी मर्चेन्ट बैंकिग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिले प्रवर्धन गरेका छन । यस्को अध्यक्षमा राजेश लाल श्रेष्ठ रहेका छन ।

बैंकले आयोजना लागतको ७० प्रतिशत अर्थात ६५ करोड ५९ लाख र वाँकी ३० प्रतिशत कम्पनीको स्व.लगानी रहनेछ । उक्त आयोजनाको लागि सहभागी बैंकले गर्ने आवधिक कर्जा अन्तर्गत लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छे«को २५ करोड ६० लाख रुपैया रहेको छ । उत्पादन क्षमता ४ दशमलब ९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले करिव २८ दशमलब ४१ गेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ । विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९÷२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकले १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १ सय ३५ दशमलब ३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनालाई समेत समावेश गर्दा ९८ वटा आयोजना संचालनमा आएका छन । तिनीहरुको संयुक्त उत्पादन ६ सय ९६ दशमलव १७ मेगावाट रहेको छ ।

प्रतिक्रिया