राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा : वीमा बजारमा प्रतिस्पर्धी बन्न आग्रह

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा बजारमा अगाडि बढ्न आग्रह गरेका छन । राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजितक कार्यक्रममा सिलवालले त्यस्तो आग्रह गरेका हुन । मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्दै समयानुकुल सेवा प्रवाहमा ध्यान केन्द्रित गनुपर्ने उनको भनाई थियो । ‘संस्थानले पारदर्शिता र सुशासनको माध्यमद्घारा सर्वसाधारणको संस्थानप्रतिकाृ विश्वसनियता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनु पर्छ ’ सिलवालले भने । जीवन बीमा सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु¥याइ बीमाको पहँुच र दायरामा बृद्घि गर्दै संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई केन्द्रमा राखी गतिविधि अघि बढाउन उनले आग्रह गरे । समिति नियामक निकाय भएता पनि नियन्त्रणमा मात्रै विश्वास नगर्ने भन्दै उनले भने, ‘समितिले बीमा बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ, यसलाई कसरी नियमित गर्न सकिन्छ । कसरी पारदर्शी गर्न सकिन्छ र यसलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिष्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गरे । व्यवसायिक क्षेत्रमा हने जोखिम न्यूनीकरण गर्दै सुरक्षित व्यवसाय सुनिश्चित गर्न बीमा क्षेत्रको भूमिका महत्वपूण हुने भन्दै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी मुलुकले परिलक्षित गरेको समावेशी आर्थिक विकास मार्फत आर्थिक समृद्घि हासिल गर्न बीमा व्यवसाय ठोस आधार स्तम्भ हुने बताए । नेपालको ग्रामीण क्षेत्रमा बीमाको पहुँच अत्यन्त न्यून रहेको सन्दर्भमा संस्थानले बीमाको पहुँच विस्तारमार्फत उद्योग व्यवसायको विकास र विस्तारमा अझ थप योगदान पु¥याउनुपर्ने आवश्यकता औंल्याए । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले विगतका तुलनमा बीमाको पहुँच बृद्घि भएको भएपनि अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । मुलुकको जेठो बीमा कम्पनीको रुपमा रहेको संस्थानको बजार हिस्सा पनि जेठो नै हुनुपर्नेमा उनको भनाई थियो । संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले राष्ट्रको समु्चित आर्थिक बृद्घिका लागि अन्तरिक स्रोत र साधनलाइ परिचालन गर्दै वित्तीय क्षेत्रको विकास गर्ने तथा बीमितहरुको जीवनमा आइपर्ने जोखिमलाइ न्यूनीकरण गरेर सुखी र सम्बृद्घ समाजको परिकल्पनामा आजभन्दा ५३ बर्ष अगाडि सरकारको पूर्ण स्वामित्वमा संस्थानको स्थापना भएको बताए ।

कर्मचारीहरुको सावधिक जीवन बीमा गर्ने सम्झौताका कारणले संस्थानको अवस्था मजबुत बनेर बीमा प्रिमियम बढेको उनको भनाई थियो । अगामी वर्ष वार्षिकोत्सवकै दिन सार्वजनिक गरिएको आवधिक जीवन बीमाका कारणले सरकारी संस्थान, स्थानीय निकाय, बंैक, सहकारी संस्थाहरुमा यो प्रडक्ट लगेर सामुहिक बीमाको विस्तार गरी बीमा प्रिमियमलाई बढाइने लक्ष्य राखिएको उनले बताए । संस्थानका प्रशासक कवि प्रसाद पाठकले चालु आ.व. को पुस मसान्तसम्ममा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरुले संकलित बीमा शुल्क ६६ अर्ब १६ करोड मध्ये संस्थानले पाँच अर्ब ६८ करोड संकलन गरी बीमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा ८.५९ प्रतिशत रहेको जानकारी दिए । जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको उनले बताए ।

सो अवधिमा कुल बीमा लेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थान सात लाख ३५ हजार ८१९ बीमालेख सहित पाचौं स्थानमा रहेको पाठकको भनाई थियो । सेयर पूँजी, जीवन बीमा व्यवसायबाट प्राप्त बीमाशुल्क र जीवन बीमाकोषको लगानीबाट प्राप्त प्रतिफल आदि संस्थानका प्रमुख वित्तीय श्रोत भएको बताउँदै उनले उपलब्ध वित्तीय स्रोतलाई नियामक निकायबाट प्राप्त नीति, नियम र निर्देशन बमोजिम सुरक्षित र उच्च प्रतिफल प्राप्त हुने गरी लगानीलाई व्यवस्थित गरिएको बताए ।

प्रतिक्रिया