अल अहलिया एक्स्चेन्ज र आइएमई सम्झौता

काठमाडौं । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेटस स्थित कम्पनी अल अहलिया एक्स्चेन्ज, नेपालको आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनि ट्रान्सफरको लागि समझदारी गरिएको छ । समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सीधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुने पनि कम्पनीले जनाएको छ । आइएमई पे ब्राण्डको प्रवद्र्धित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले यूएइ नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत रहेको भन्दै यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएइको योगदान बढ्दै जाने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिाम उल्लेख छ ।

प्रतिक्रिया